लुकास हर्नान्डेज (फ्रान्स)

फिचर खेलाडी
शनिबार, ३० असार २०७५, २१ : १२ नागरिक

नाम : लुकास हर्नान्डेज
जन्म : १४ नोभेम्बर, १९९६
पोजिसन : रक्षक
क्लब : रायो माजाडाहोन्डा, एट्लेटिको मड्रिड

रूसमा जारी विश्वकपमा फाइनल प्रवेश गर्दासम्म फ्रान्सेली प्रशिक्षक डिडियर डेसच्याम्पसले रक्षात्मक शैलीलाई प्राथमिकता दिँदै आएका छन्।

डेसच्याम्पसको रक्षात्मक शैलीलाई सार्थक तुल्याउन रक्षक लुकास हर्नान्डेजको प्रदर्शन प्रशंसनीय छ । बायाँ भागमा हर्नान्डेजको उपस्थितिले विपक्षी खेलाडीलाई फ्रान्सको पोस्टमा आक्रमण गर्न कठिन हुँदै आएको छ।

९ वर्षको उमेरमा स्पेनको स्थानीय क्लब रायो माजाडाहोन्डाको युथ एकेडेमीमा भर्ना भएका हर्नान्डेज २ वर्ष बिताएपछि स्पेनिस ला लिगाको क्लब एट्लेटिको मड्रिडको एकेडेमीमा भर्ना भए । सात वर्ष एट्लेटिकोमा बिताएपछि उनले २०१४ मा क्लबको दोस्रो टोलीबाट खेल्ने अवसर पाए । एक वर्षपछि नै सिनियर टोलीमा मौका पाएका उनले एट्लेटिकोबाट ५३ खेल खेलिसकेका छन् ।

हर्नान्डेजले २०१८ मार्चमा कोलम्बियाविरुद्धको मैत्रीपूर्ण खेलसँगै फ्रान्सको राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । उनले फ्रान्सबाट ११ खेल खेलिसकेका छन्।

यसमा तपाईको मत