पहिलो हाफ : आईसल्याण्ड र नाइजेरियाको बराबरी

शुक्रबार, ०८ असार २०७५, २२ : १० नागरिक

काठमाडाैं - विश्वकप फुटबल अन्तर्गत समुह डी को आफ्नो दोश्रो खेलमा आइसल्याण्ड र नाइजेरियाले पहिलो हाफ गोलरहित बराबरी खेलेका छन्।

पहिलो हाफको खेलमा दुवै टोलीले अग्रता लिने केहि अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्।
पहिलो खेलमा क्रोएसियासँग दुई शुन्यले पराजित भएको नाईजेरिया अंक विहिन हुँदै अंक तालिकाको पुछारमा रहेको छ। अघिल्लो चरणको यात्रा सहज बनाउन आजको खेलमा नाइजेरियाले जित निकाल्नुपर्ने हुन्छ। आजको खेलमा आइसल्याण्ड विजयी भएको खण्डमा भने नाइजेरिया प्रतियोगिताको समुह चरणबाटै वाहिरिने छ।यता पहिलो खेलमा अर्जेन्टिनासँग एक एकको बराबरी खेलको आइसल्याण्ड आजको खेल जिते शिर्ष १६ मा पुग्ने सम्भावनालाई थप मजबुत पार्नेछ।

यसमा तपाईको मत