राफायल भरान (फ्रान्स)

मङ्गलबार, २६ असार २०७५, ११ : २६ नागरिक

नाम : राफायल भरान (फ्रान्स)
जन्म : २५ अप्रिल, १९९३, लिले
पोजिसन : रक्षक
क्लब : हेलिमेस, लेन्स, रियाल मड्रिड

फ्रान्सले रूसमा जारी विश्वकपमा अन्तिम ४ सम्मको यात्रा तय गर्दा रक्षक राफायल भरान टोलीका प्रमुख सदस्य रहँदै आएका छन्। भरानले क्वार्टरफाइनलमा उरुग्वेविरुद्ध टोलीका लागि पहिलो गोल गरेका थिए । भरान ४ वर्षअघि ब्राजिल विश्वकपमा पनि टोलीका प्रमुख सदस्य थिए।

भरान ७ वर्षको उमेरमा लिलेको स्थानीय क्लब हेलिमेसमा भर्ना भएका थिए। दुई वर्ष हेमिमेसको युथ एकेडेमीमा बिताएका भरान २००२ मा लेन्सको एकेडेमीमा गएका थिए। लेन्सको युथ एकेडेमीमा ८ वर्ष बिताएका भरान २०१० मा क्लबको पहिलो रोजाइको टोलीमा आबद्ध भए। उनले मोन्टेपिल्लरविरुद्धको खेलसँगै लेन्सको टोलीबाट डेब्यु गरेका थिए । क्लबमा एक सिजन बिताउँदै २३ खेल खेलेका उनले २ गोल गरेका थिए।

भरान २०११ मा स्पेनिस ला लिगा क्लब रियाल मड्रिडमा आबद्ध भए । उनले रियालबाट १ सय ४१ खेल खेल्दै २ गोल गरेका छन्।

फ्रान्सको यु–१८ र यु–२१ टोलीका नियमित सदस्य भरानले २०१२ अगस्टमा उरुग्वेविरुद्धको मैत्रीपूर्ण खेलका लागि घोषित टोलीमा स्थान बनाउन सफल भए पनि सिनियर टोलीबाट डेब्यु गर्न भने करिब एक वर्ष कुर्नुपरेको थियो । उनले २०१३ मार्च २२ मा जर्जियाविरुद्धको विश्वकप छनोट खेलसँगै फ्रान्सको राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । उनले फ्रान्सबाट ४७ खेलमा ३ गोल गरिसकेका छन्।

यसमा तपाईको मत