अली दाई (इरान)

फिचर खेलाडी
सोमबार, २१ जेठ २०७५, १५ : २० नागरिक

बायर्न म्युनिख र हार्था बिएससीजस्ता क्लबबाट लामो समय व्यावसायिक फुटबल खेलेका अली दाई अन्तर्राष्ट्रिय फुटबलमा विश्वकै उच्च गोलकर्ता हुन्।

इरानी राष्ट्रिय टोलीका लागि उनले गरेको १ सय ९ गोलको कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेको छैन । ४९ वर्र्षे दाईले १९९३ देखि २००६ को बीचमा इरानी राष्ट्रिय टोलीबाट १ सय ४९ खेल खेलेका थिए।

पर्सियन गल्फ प्रो लिगको टोली साइपा तेहरानमा प्रशिक्षकका रूपमा कार्यरत दाईले २००७ देखि २०१३ सम्म फिफाको फुटबल कमिटीमा रहेर पनि काम गरे । उनले व्यावसायिक रूपमा दाई स्पोर्ट्स कम्पनी पनि चलाइरहेका छन्।

अन्तर्राष्ट्रिय फुटबलमा गोलको शतक पूरा गर्ने पहिलो पुरुष खेलाडी दाई राष्ट्रिय टोलीका लागि सर्वाधिक गोल गर्नेको सूचीमा २१औं स्थानमा छन् । राष्ट्रिय टोलीका पूर्वकप्तान दाई इरानी फुटबलमा सबभन्दा सम्मानित व्यक्तित्व हुन्।

यसमा तपाईको मत