विश्वकप नजितेपनि मेसी अब्बल खेलाडी

बिहिबार, ०७ असार २०७५, १८ : १० नागरिक

आफ्नो १९ वर्षे खेल जीवनमा तीन सय भन्दा बढी गोल गरेका अर्जेन्टिनाका पूर्व स्ट्राइकर हेर्नन क्रिस्पोले मेसीकाे खुलेर प्रशंसा गरेका छन्।

बीबीसीसँगको कुराकानीमा क्रिस्पोले धेरै राम्रा खेलाडीले विश्वकप नउचाले पनि चर्चित रहेको भन्दै मेसीको पछिल्लो खेलको बचाउ गरेका छन् । क्रिस्पोले भनेका छन्, विश्वकप उचाले मात्रै खेलाडी राम्रो हुने हैन । राम्रो खेलाडी हुनका लागि मेसीका उपलब्धि काफी छन्।

मेसीले फुटवल क्लव बार्सीलोनासँगको १४ वर्षे यात्रामा ३२ उपाधि, ५  पटक ‘बेलुन डीओर’ हात पारेको भए पनि आफ्नो मुलुकका लागि खासै ठुलो उपलब्धि दिलाउन सकेका छैनन्।

रुसमा भइरहेको फुटवल विश्वकपको पहिलो खेलमा स्ट्राइकर मेसीले  पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा आइसल्याण्डसँग बराबरीमा चित्त बुझाउनु परेको थियो।

चौथो पटक विश्वकपमा सहभागिता जनाउदै गरेका लियोनल मेसीले विश्वकपका खेलहरुमा जम्मा ५ गोलमात्र गरेका छन्।

आगामी आइतवार ३१ वर्षमा पाइला टेक्दै गरेका मेसीले फुटवल क्लव बार्सीलोनासँगको १४ वर्षे यात्रामा ३२ उपाधि, ५  पटक ‘बेलुन डीओर’ हात पारेको भए पनि आफ्नो मुलुकका लागि खासै ठुलो उपलब्धि दिलाउन सकेका छैनन्।

म्याराडोनाको कप्तानीमा सन् १९८६ को विश्वकप उपाधि उचालेको अर्जेन्टिनाले १९९० र २०१४ मा फाइनलमा पुगेको भएपनि जर्मनीसँग पराजित भएको थियो।

यसमा तपाईको मत