विश्वकप फुटबल : डेनमार्कलाई अस्ट्रेलियाको चुनौती

बिहिबार, ०७ असार २०७५, ०१ : ०३ नागरिक

रुस – रुसमा जारी विश्वकप फुटबलको समूह सी को अर्को खेलमा बिहीबार अस्ट्रेलियाको सामना गर्दा डेनमार्क लगातार दोस्रो जित हात पार्दै अघिल्लो चरणका प्रवेशको सम्भावना बलियो पार्न चाहन्छ।

मिडफिल्डर विलियम भिटभेड किस्टको अनुपस्थिति भने डेनमार्कका लागि कठिन बन्न सक्छ । पेरुविरुद्धको खेलमा किस्टको दुईवटा करङ भाँच्चिएको थियो।

यता पहिलो खेलमा फ्रान्ससँग २–१ को पराजय बेहोरे पनि बलियो चुनौती प्रस्तुत गरेको अस्ट्रेलिया डेनमार्कविरुद्ध जित हात पार्दै प्रतियोगिताको अन्तिम १६ प्रवेश सम्भावना कायम राख्न चाहन्छ । हारले अस्ट्रेलियाको प्रतियोगिता यात्रामा पूर्णविराम लगाउनेछ भने बराबरी पनि टोलीका लागि पर्याप्त हुने छैन।

दुवै टोलीमा कुनै विश्वस्तरीय सुपरस्टारको साथ छैन । तथापि दुवै टोली औसत खेलाडीहरूको सामूहिक प्रयासमा राम्रो प्रदर्शन गरिरहेका छन् । त्यसैले डेनमार्कलाई अस्ट्रेलियाको चुनौती सहज हुने छैन।

 

यसमा तपाईको मत