विश्वकप फुटबल : साविक विजेता जर्मनी पहिलो खेलमै स्तब्ध

आइतबार, ०३ असार २०७५, २२ : ५९ नागरिक

रूस – साविक विजेता जर्मनी रसिया विश्वकपको पहिलो खेलमै हार व्यहोर्न बाध्य भएको छ। मस्कोको लुज्निकी रंगशालामा आइतबार सम्पन्न दोस्रो खेलमा जर्मनीलाई मेक्सिकोले १–० ले पराजित गरेको हो।

मेक्सिकोको जितमा पहिलो हाफको ३५ औं मिनेटमा हिर्भिङ लोजानोले गरेको गोलनै निर्णायक बन्यो। ६७ प्रतिशत बल पोजिसन आफ्नो पक्षमा राखेपनि जर्मनीले गोल गर्न सकेन्। जर्मनीले प्रहार गरेका दुई दर्जनबढी प्रहारले जाली चुम्न नसक्दा उ पहिलो खेलमै स्तब्ध भएको हो।

जर्मनीने गरेका धेरै प्रहार मेक्सिकोका गोलकिपरले विफल तुल्याएका थिए। निकै प्रतिस्पर्धात्मक एवं रोमाञ्चक बनेको खेलमा मेक्सिकोले जर्मनीलाई आच्छु आच्छु पारेको थिए। मेक्सिकोले पनि पटक पटक जर्मनीको गोलपोस्टमा धावा बोलेको थियो। यद्यपी गोलकिपर बाधक बने।

खेलअवधिभर साविक विजेता जर्मनीलाई मेक्सिकोले निकै कडा चुनौती दिएको थियो। छ। जर्मनीले पूरा समय ८ वटा कर्नर पाउदा मेक्सिकोले एउटा मात्र पाएको थियो। त्यस्तै जर्मनीले १० र मेक्सिकोले १६ वटा फउल गरेका थिए।

मेक्सिकोले पनि पाएका एक दर्जनबढी प्रहार गोलमा परिणत हुन सकेन्। मक्सिकोको तुलनामा स्टार खेलाडीले भरिएको जर्मनीले सोचे अनुसारको खेल खेल्न सकेन। 

 

यसमा तपाईको मत