ब्लास एन्टोनियो मिगुअल पेरेज ओर्टेगा (पानामा)

फिचर खेलाडी
बुधबार, २३ जेठ २०७५, १२ : ५५ नागरिक

नाम : ब्लास पेरेज

जन्म : मार्च १३, १९८१ (पानामा सिटी)

क्लब : पानामा भिइजो, अराबे युनिडो, नेसनल, इन्भिगाडो, सेन्टाउरस, डेर्पोटिभो काली, सुसुटा डेर्पोटिभो, हर्कुलस,

युएएनएल, अल वासल, सान लुइस, लियोन, इन्डियोस, एफसी डालास, भ्यान्कुभर ह्वाइटक्याप्स, ब्लुमिङ म्युनिसिपल
अन्तर्राष्ट्रिय फुटबलमा पानामाको राष्ट्रिय टिमले हासिल गरेको पहिलो ठूलो उपलब्धि रुस विश्वकपलाई छानिनु हो।

त्यसवाहेक अन्तर्राष्ट्रिय फुटबलमा मध्य अमेरिकी देशको खास उपस्थिती छैन भन्दा फरक पर्दैन । तर राष्ट्रिय टोलीको अहिलेसम्मको इतिहासमा वर्तमान टिमका फरवार्ड ब्लास पेरेज महत्वपूर्ण योगदान गर्ने खेलाडी हुन्।

२००१ मा अल साल्भाडरसँग खेल्दै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका उनी  अहिलेसम्म पनि पानामाको राष्ट्रिय टिमका नियमित सदस्य हुन् । यसबीचमा राष्ट्रिय टोलीबाट १ सय १३ खेल खेलिसकेका पेरेजले ४३ अन्तर्राष्ट्रिय गोल गरेका छन्।

रुस भ्रमणमा जाँदा टोलीले उनको लामो अनुभवका साथै गोल गर्ने क्षमताको उच्चतम उपयोग गर्ने आशा गर्नेछ । पानामाका लागि पछिल्ला चार विश्वकप छनोट चरणमा सहभागिता जनाउँदा उनले ११ गोल गरेका छन्। 

 

यसमा तपाईको मत