ड्यानियल सुबासिच (क्रोएसिया)

फिचर खेलाडी
बुधबार, २७ असार २०७५, ०३ : १५ नागरिक

नाम : ड्यानियल सुबासिच
जन्म : २७ अक्टोबर, १९८४
पोजिसन : गोलकिपर
क्लब : जाडार, हाज्डुक स्पिल्ट, मोनाको

रूस विश्कपमा क्रोएसियाले समूहचरणमा शतप्रतिशत नतिजालाई निरन्तरता दिँदा गोलकिपर ड्यानियल सुबासिचको प्रदर्शन तारिफयोग्य थियो । क्रोएसिया एक गोल मात्र खाएर अन्तिम १६ मा प्रवेश गरेको थियो।

प्रि–क्वार्टरफाइनल र क्वार्टरफाइनलमा क्रोएसियाले क्रमशः डेनमार्क र आयोजक रूसलाई निराश पार्दै अन्तिम १९९८ पछि पहिलो पटक अन्तिम चारमा प्रवेश गरेको थियो।

नकआउट चरणका दुवै खेलमा क्रोएसिया पेनाल्टी सुटआउटमा भाग्यशाली रह्यो र टोलीको जितमा सुबासिच नायक रहे । उनले डेनमार्कविरुद्धको खेलमा तीन पेनाल्टी रोक्दै २००६ मा पोर्चुगलका गोलकिपर रिकार्डोले बनाएको विश्वकपको एकै खेलमा सर्वाधिक पेनाल्टी रोक्ने कीर्तिमानसँग बराबरी गरेका थिए।

क्रोएसियाको तेस्रो श्रेणीको क्लब जाडारको युथ एकेडेमीबाट फुटबल यात्रा सुरु गरेका सुबासिचले २००३ मा क्लबको पहिलो रोजाइबाट डेब्युको अवसर पाए । उनले जाडारमा ५ सिजन बिताउँदै ८१ खेल खेले । सुबासिच २००८ मा क्रोएसिायली लिग क्लब हाज्डुक स्पिल्टमा लोनमा गएका थिए । उनले क्लबबाट १८ खेल खेले।

सुबासिच २००९ मा भने हाज्डुक स्पिल्टमा औपचारिक रूपमा आबद्ध भएका थिए । त्यस क्रममा उनले क्लबबाट ३ सिजन बिताउँदै ७७ खेल खेले । सुबासिच २०१२ मा भने फ्रान्सेली लिग वानको क्लब मोनाकोमा आबद्ध भएका थिए । उनले २०१६–२०१७ सिजनमा क्लबलाई लिग वानको उपाधि जिताउन महŒवपूर्ण भूमिका खेलेका थिए।

सुबासिचले २००९ नोभेम्बर लिचेस्टिेनविरुद्धको खेलसँगै क्रोएसियाली टोलीबाट डेब्यु गरेका थिए । उनले क्रोएसियाबाट ४२ खेल खेलिसकेका छन्।

यसमा तपाईको मत