डेयान लोभरेन (क्रोएसिया)

फिचर खेलाडी
शनिबार, ३० असार २०७५, २१ : १५ नागरिक

नाम : डेयान लोभरेन (क्रोएसिया)
जन्म : ५ जुलाई, १९८९
पोजिसन : रक्षक
क्लब : एने एलोभाक, एनके कार्लोभाक, डिनामो जागरेभ, लियोन, साउथह्यामटन, लिभरपुल

क्रोएसियाले १९९८ को विश्वकपमा पहिलो पटक स्वतन्त्र राष्ट्रका रूपमा सहभागिता जनाउँदै सेमिफाइनलसम्मको यात्रा गर्दा डेयान लोभरेन केवल ९ वर्षका थिए।

२० वर्षपछि क्रोएसियाले विश्वपकपको फाइनल प्रवेश गर्दा रक्षक लोभरेन रक्षापंक्तिका प्रमुख हतियार हुन् । मिडफिल्डमा बलियो रहेको क्रोएसियाले समूह चरण र नकआउट चरणमा रक्षापंक्ति पनि बलियो भएको प्रमाणित गर्दा लोभरेनको प्रदर्शन महत्वपूर्ण रह्यो।

१० वर्षको उमेरमा क्रोएसियाको एने एलोभाक युथ एकेडेमीमा भर्ना भएका लोभरेले एनके कार्लोभाक र डिनामो जागरेभमा समेत प्रशिक्षण लिए । लोभरेनले २००६ मा जागरेभको सिनियर टोलीबाट खेल्ने अवसर पाएका थिए।

२०१० मा फ्रान्सेली क्लब लियोनमा आबद्ध भएका उनी २०१३ मा इङ्लिस प्रिमियर लिग क्लब साउथह्यामटनमा आबद्ध भएका थिए । साउथह्यामटनमा एक सिजन खेलेपछि २०१४ मा लिभरपुल सरुवा भएका उनले एन्फिल्डको क्लबबाट १ सय ८ खेल खेलिसकेका छन्।

लोभरेनले २००९ नोभेम्बर ८ मा कतारविरुद्धको मैत्रीपूर्ण खेलसँगै क्रोएसियाली टोलीबाट डेब्यु गरेका थिए । उनले क्रोएसियाका लागि ४५ खेल खेल्दै २ गोल गरेका छन्।

यसमा तपाईको मत