डेले अली (इङ्ल्यान्ड)

फिचर खेलाडी
मङ्गलबार, १९ असार २०७५, ०२ : ५९ नागरिक

नामः डेले अली (इङ्ल्यान्ड)
जन्मः ११ अप्रिल १९९६
पोजिसनः मिडफिल्डर
क्लबः टोटेनह्याम हट्सपर, मिल्टन केन्स डन्स (लोन)

विश्वकप २०१८ को छनोट चरणका खेलमा १ गोल गर्दै १ गोल एसिस्ट गरेका डेले अली इङ्ल्यान्डका भरपर्दा मिडफिल्डर हुन्। राष्ट्रिय टोलीबाट २६ खेल खेल्दै २ गोल गरेका अलीले इङ्लिस क्लब टोटेनह्यामबाट व्यावसायिक फुटबल खेलेका थिए। उनले टोटनह्यामका लागि १ सय ६ खेल्दै ३७ गोल गरेका थिए। हाल मिल्टन केन्स डन्समा लोनमा गएका अलीले रूसमा जारी विश्वकपको एक खेलमा सहभागिता जनाएका छन्।

यु–१७, यु–१८, यु–१९ हुँदै राष्ट्रिय टोलीमा अटाएका अलीले युइएफए युरो २०१६ को छनोट चरणको खेलमा इस्टोनियाविरुद्धको खेलमा डेब्यु गरेका थिए। उक्त खेलमा इङ्ल्यान्डले २–० गोलले नतिजा आफ्नो पक्षमा पार्न सफल भएको थियो।

स्टेफन जेरार्ड र फ्रान्क लाम्पार्डले फुटबलबाट विश्राम लिएपछि अलीलाई नयाँ पुस्ताको रूपमा टोलीमा समावेश गरिएको थियो। छिटो निर्णय लिन सक्ने र सहकर्मीलाई आकर्षक बल उपलब्ध गराउन सक्ने अली रक्षापंक्तिमा पनि उत्तिकै मजबुत छन्। किशोर वयमा नै टोटनह्याम हट्सपरमा आबद्ध भएका उनले रूस विश्वकपको छनोट खेलमा माल्टाविरुद्ध गोल गरेका थिए।

यसमा तपाईको मत