डिएगो कोस्टा (स्पेन)

फिचर खेलाडी
बुधबार, ०६ असार २०७५, ०२ : ४२ नागरिक

नाम : डिएगो कोस्टा

जन्म : ७ अक्टोबर, १९८८ (लागार्टो, ब्राजिल)

पोजिसन : स्ट्राइकर

क्लब : ब्रागा, पेनाफिल, एट्लेटिको मड्रिड, सेल्टा, अल्बाकेट, भालाडोलिड, रायो भाल्कानो, चेल्सी

एट्लेटिको मड्रिडका डिएगो कोस्टा स्पेनिस खेलाडीमध्ये आक्रामक स्वभावका स्ट्राइकर हुन्। शारिरिक रूपमा पनि ‘टफ’ फुटबल खेल्न सक्ने कारण स्पेनको टिकी टाका फुटबलमा कोस्टाको उपस्थितिले स्पेनिस टिममा विविधता थपेको छ। वर्तमान विश्व फुटबलमा सबभन्दा क्षमतावान् स्ट्राइकरमध्ये एक भए पनि आक्रामक स्वभावका कारण कोस्टा बारम्बार विवादमा आइरहन्छन्।

पोर्चुगलमा ब्रागाबाट करियर सुरु गरेका उनी लोमा पेनाफिल पुगेर पनि केही समय व्यावसायिक फुटबल खेले। त्यसपछि २००७ मा एट्लेटिको मड्रिड पुगे पनि उनले लोनमा ब्रागा, सेल्टा र अल्बाकेटबाट लोनमा तीन सिजन खेले। २००९ मा स्थायी सरुवामा भालाडोलिड पुगेका उनी २०१० मा एट्लेटिको सरुवा भए। 

एट्लेटिकोमा दुई सिजन खेलेपछि रायो भाल्कानोमा केही समय लोनमा पुगेका उनी २०१४ मा इङ्लिस प्रिमियर लिगको टोली चेल्सी पुगे। अघिल्लो सिजन चेल्सीलाई प्रिमियर लिग च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरे पनि प्रशिक्षक एन्टोनियो कोन्टेसँगको खराब सम्बन्धका कारण बितेको सिजनको सुरुआतमा पुरानै क्लब एट्लेटिको फर्किए।

यसमा तपाईको मत