एडिन्सन काभानी (उरुग्वे)

फिचर खेलाडी
शनिबार, १६ असार २०७५, ०८ : ०२ नागरिक

नामः एडिन्सन काभानी (उरुग्वे)
जन्म : १४ फेब्रुअरी , १९८७
क्लब : दानुवायो, पार्लर्माे, नेपोली, पेरिस सेन्ट जर्मन (पिएसजी)

पिएसजीका स्ट्राइकर इडिसन काभानी उरुग्वेका प्रभावशाली खेलाडी हुन् । जारी रुस विश्वकपमा उरुग्वेले समूह ‘ए’ को विजेताका रुपमा अन्तिम १६ मा स्थान पक्का गर्दा काभानीले उत्कृष्ट प्रदर्शन गरेका छन् । काभानीले रुसविरुद्ध समूह चरणको अन्तिम खेलमा १ गोल गरेका थिए।

उरुग्वेको दानुवायोबाट फुटबल यात्रा सुरु गरेका काभानीले उक्त क्लबमा २ सिजन बिताए । काभानी २००७ मा इटालियन क्लब पालेर्माेमा आबद्ध भए । पालेर्माेबाट ४ सिजन खेलको काभानीले क्लबबाट १ सय ९ खेलमा ३४ गोल गरेका थिए।

२०१० मा नेपोलीमा आबद्ध भएका काभानी ३ सिजन इटालीमा विताएपछि २०१३ मा पिएसजी गएका हुन् । नेपोलीबाट १ सय ४ खेलमा काभानीले ७८ गोल गरेका थिए । पिएसजीबाट भने उनले १ सय ६५ खेलमा १ सय १६ गोल गरिसकेका छन्।

काभानीले २००८ फेब्रुअरी ६ मा कोलम्बियाविरुद्धको खेलसँगै उरुग्वेबाट ‘डेब्यु’ गरेका हुन् । काभानीले उरुग्वेका लागि १ सय ४ खेलमा ४३ गोल गरिसकेका छन् । उरुग्वेले शनिबार अन्तिम १६ को खेलमा पोर्चुगलको सामना गर्दै क्वार्टरफाइनलमा स्थान खोज्दा काभानीको प्रदर्शन महत्वपूर्ण हुनेछ।

यसमा तपाईको मत