एन‘गोलो कान्टे (फ्रान्स)

फिचर खेलाडी
शुक्रबार, १५ असार २०७५, ११ : ५४ नागरिक

नामः एन‘गोलो कान्टे
जन्मः १९ मार्च, १९९१
पोजिसनः मिडफिल्ड
क्लबः बाउलोग्ने, काइन, लेस्टर सिटी, चेल्सी

फ्रान्समा चार वर्षअघि ब्राजिलको भ्रमण गर्दा एन‘गोलो कान्टेको नामोनिशान थिएन । तर यसबीचमा उनले आफूलाई फ्रान्सको महत्वपूर्ण सदस्यका रूपमा स्थापित गरिसकेका छन्।

लेस्टर सिटीले २०१५–१६ मा इङ्लिस प्रिमियर लिगको उपाधि जित्दा कान्टे टोलीका प्रमुख ‘आर्किटेक्चर’ थिए । त्यसपछि उनी चेल्सीसँग अनुबन्धित भए।

विपक्षी पोस्टमा अक्रमण बुन्न कान्टे जति माहिर छन् आफ्नो पोस्टको रक्षामा पनि उत्तिकै खट्न सक्छन् । रूस विश्वकपमा फ्रान्स समूह ‘सी’ बाट विजेता बन्दै नकआउट चरणमा स्थान बनाउँदा कान्टे दुई खेलमा ‘म्यान अफ दी म्याच’ घोषित भएका छन्।

अस्ट्रेलिया र पेरुविरुद्धको खेलमा म्यान अफ दी म्याच बनेका कान्टेले डेनमार्कविरुद्ध पनि सशक्त प्रदर्शनलाई निरन्तरता दिएका थिए । शनिबार नकआउट चरणमा पनि कान्टे अर्जेन्टिनाको रक्षक तथा अग्रपंक्ति दुबैका लागि टाउको दुखाई बन्न सक्छन्।

यसमा तपाईको मत