जेरार्ड पिके (स्पेन)

नेपाली नजरमा
आइतबार, १७ असार २०७५, ०४ : २६ नागरिक

नाम : जेरार्ड पिके (स्पेन)
जन्म : २ फेब्रुअरी, १९८७ (बार्सिलोना)
पोजिसन : रक्षक
क्लब : बार्सिलोना, म्यानचेस्टर युनाइटेड, रियाल जारागोजा (लोन)

बार्सिलोनका रक्षक जेरार्ड पिके विश्वकै सर्वोत्कृष्ट सेन्ट्रल रक्षकमध्ये एक हुन् । स्पेनिस रक्षापंक्तिका मुख्य सदस्य उनी टोलीले २०१० को विश्वकप र २०१२ को युरोपियन च्याम्पियनसिप जित्दाका महत्वपूर्ण खेलाडी हुन्।

रूसमा जारी विश्वकपमा टोलीले समूह ‘बी’ को विजेताका रूपमा नकआउट चरण प्रवेश गर्दा उनको प्रदर्शन महत्वपूर्ण थियो ।पिके १० वर्षको उमेरमा स्पेनिस ला लिगाको क्लब बार्सिलोनाको युथ एकेडेमीमा भर्ना भएका थिए।

२००४ मा इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडको युथ एकेडेमीमा भर्ना भएका पिकेले लगत्तै पहिलो रोजाइमा स्थान बनाए । युनाइटेडमा ३ सिजन बिताउने क्रममा पिकेले १२ खेल खेलेका थिए । २००६ मा एक सिजन लोनमा स्पेनकै रियाल जारागोजाबाट खेलेका पिकेले २००८ मा बार्सिलोना फर्किएका थिए । उनले क्लबबाट २ सय ७६ खेलमा २३ गोल गरिसकेका छन्।

२००९ फेब्रुअरी ११ मा इङ्ल्यान्डविरुद्धको मैत्रीपूर्ण खेलसँगै स्पेनिस टोलीबाट डेब्यु गरेका उनले १ सय ९ अन्तर्राष्ट्रिय खेलमा ५ गोल गरेका छन्।

यसमा तपाईको मत