हामेस रोडरिग्वेज (कोलम्बिया)

फिचर खेलाडी
बुधबार, ३० जेठ २०७५, ०९ : ४० नागरिक

नामः  हामेस रोडरिग्वेज

जन्मः १२ जुलाई १९९१

पोजिसनः आक्रमक मिडफिल्डर

क्लबः इनभिगाडो, बनफिल्ड, पोर्टो, मोनको, रियाल मड्रिड, बायर्न म्युनिख(लोन)

सानो उमेरमै आफुलाई स्टार बनाउन सफल हामेस रोडरिग्वेजले डेब्यू विश्वकपमै ‘गोल्डेन बुट’ जितेका थिए। ब्राजिलमा सम्पन्न विश्वकपमा रोडरिग्वेजले ६ गोल गरेका थिए।

कोलम्बियाले समूह चरणको पहिलो खेलमा ग्रिसलाई ३–० ले रोडरिग्वेजले तेस्रो गोल गरेका थिए। आइभोरी कोष्टलाई २–१ ले हराउँदा रोडरिग्वेजले १ गोल गरे। समूह चरणका सबै खेलमा गोल गर्नेक्रममा राडरिग्वेजले जापानविरुद्ध पनि एक गोल गरे। जापानलाई कोलम्बियाले ४–१ ले पराजित गरेको थियो। दोस्रो चरणमा उरुग्वेलाई २–० ले हराउँदा दुबै गोल रोडरिग्वेजले क्वार्टरफाइनलमा ब्राजिलविरुद्ध पनि गोल गरेका थिए।

यु–१७ उमेर समूह हुँदै सिनियर टोलीमा स्थान बनाएका रोडरिग्वेजले ६२ खेलमा २१ गोल गरिसकेका छन्। उनले कोलम्बियाको दोस्रो श्रेणीको लिग क्लब इनभिगाडोबाट २००६ मा व्यवसायिक फुटबल शुरु गरेका थिए। उनको टोली २००७ मा पहिलो श्रेणीको लिगमा उक्लिएको थियो। रोडरिग्वेजले १४ वर्षको उमेरमा व्यवसायिक फुटबल खेल्न थालेका थिए। कोलम्बियामा सानो उमेरमा व्यवसायिक फुटबल खेल्ने उनी दोस्रा खेलाडी हुन्।

२००८ मा अर्जेन्टिनाको क्लब बनफिल्डसँग अनुबन्धित भएका रोडरिग्वेजले २००९ फेब्रुअरीमा उक्त क्लबबाट डेब्यू गरेका थिए। २०१० मा उनी पोर्चुगलको पोर्टो क्बलमा अनुबन्धित भए। २०१३ सम्म पोर्टोमा रहँदा उनले ६३ खेलमा २५ गोल गरे। त्यसपछि फ्रान्सतर्फ लागे, मोनाकोबाट खेल्न। एक सिजन मोनाकोमा विताएपछि उनी स्पेनिस महारथी रियाल मड्रिडसँग ६ करोड ३० लाख पाउन्डमा अनुबन्ध भएका थिए। रियालबाट ७७ खेलमा २८ गोल गरेका रोडरिग्वेज गत वर्ष लोनमा जर्मन बुन्डेसलिगा क्बल बायर्न म्युनिख गएका थिए। म्युनिखले उनले २३ खेलमा ७ गोल गरेका छन्।

यसमा तपाईको मत