इडुर गुडजोन्सन (आइसल्यान्ड)

फिचर खेलाडी
शनिबार, १९ जेठ २०७५, १६ : ०९ नागरिक

आइसल्यान्डका पूर्व अन्तर्राष्ट्रिय फरवार्ड इडुर गुडजोन्सनका पिता आर्नर गुडजोन्सन पनि राष्ट्रिय टोलीका खेलाडी थिए।

इङलिस प्रिमियर लिगको टोली चेल्सी तथा बार्सिलोनाको महारथी बार्सिलोनाबाट व्यावसायिक फुटबल खेलेका गुडजोन्सनले १४ वर्षको बीचमा बोल्टनबाट पनि दुई कार्यकाल खेले।

२२ वर्ष लामो व्यावसायिक फुटबलमा ३९ वर्षे गुडजोन्सनले आइसल्यान्ड, नेदरल्यान्ड्स, फ्रान्स, ग्रिस, बेल्जियम, चीन र नर्वेका क्लबबाट पनि खेले । १९९६ मा आफ्नै बाबुको बैकल्पिक खेलाडीका रुपमा अन्तर्राष्ट्रिय डेब्यु गरेका उनी आइसल्यान्डका लागि सबभन्दा बढि २६ अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन् । उनले राष्ट्रिय टोलीका लागि १९९६ देखि २०१६ को बीचमा ८८ खेल खेलेका थिए।

उलाफुर योहान्सन प्रशिक्षक रहँदासम्म आइसल्यान्डको कप्तानका रुपमा जिम्मेवारी सम्हालेका गुडजोन्सन दुई वर्षअघि टोली युरोपियन च्याम्पियनसिपको क्वार्टरफाइनल पुग्दाका खेलाडी हुन् । राष्ट्रिय टोलीका लागि लामो समयदेखि गरेको उच्च योगदानको सम्मानस्वरुप ३७ वर्षको उमेरमा युरोपियन च्याम्पियनसिपिको टोलीमा समावेश गरिएका गुडजोन्सनले फ्रान्समा दुई खेल खेलेका थिए।

यसमा तपाईको मत