हुँवा कायासो (कोस्टा रिका)

फिचर खेलाडी
शुक्रबार, १८ जेठ २०७५, १७ : ०५ नागरिक

इटालीमा सम्पन्न १९९० को विश्वकपबाट मध्य अमेरिकी देश कोस्टा रिकाले विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा पाइला राखेको थियो।

जिनुवाको लुइजी फेरारिज रंगशालामा स्कटल्यान्डसँग खेल्दै कोस्टा रिकाले प्रतियोगिता सुरु गरेको थियो । विश्वकपको पहिलो खेलमै जित हासिल गर्दै कोस्टा रिकाले विश्वकपको सुरुआत सुखद गर्याे। विश्वकपको डेब्यु खेलमा कोस्टारिकालाई जित दिलाउन कायासोले गोल गरेका थिए । उनकै गोलमा टोलीले स्कटल्यान्डमाथि १–० को विजय हासिल गर्दै अन्तिम १६ प्रवेशको आधार बनाएको थियो।

समूहको अर्को खेलमा स्विडेनलाई निराश पार्दै टोली नकआउट चरण पुग्यो । घरेलु फुटबलका शीर्ष दुई क्लब एलाग्विलेन्से र साप्रिसाबाट व्यावसायिक फुटबल खेलेका कायासोले राष्ट्रिय टोलीका लागि १० वर्षे करियरमा ४९ खेलमा ९ गोल गरेका छन् । विश्वकपमा देशका लागि पहिलो गोल गर्ने कायासोलाई कोस्टा रिका फुटबलमा सर्बकालिन महान खेलाडीका रुपमा सम्मान गरिन्छ।  

यसमा तपाईको मत