ह्युगो लोरिस (फ्रान्स)

फिचर खेलाडी
आइतबार, २४ असार २०७५, ०० : ४७ नागरिक

नाम : ह्युगो लोरिस (फ्रान्स)
जन्म : २६ डिसेम्बर, १९८६,
पोजिसन : गोलकिपर
क्लब : सिइडिएसी किमेज, निस, लियोन, टोटेनह्याम

रूसमा जारी विश्वकपमा फ्रान्स सेमिफाइनल प्रवेश गर्दा गोलकिपर ह्युगो लोरिसले टोलीको कप्तानी गरिरहेका छन्। जारी प्रतियोगितामा सेमिफाइनलसम्मको यात्रा गर्दा लोरिसले ४ गोल मात्र खाएका छन्।

७ वर्षको उमेरमा फ्रान्सको स्थानीय क्लब सिइडिएसी किमेजको युथ एकेडेमीमा भर्ना भएका लोरिस त्यसको ४ वर्षपछि फ्रान्सेली लिग वान क्लब निसको युथ एकेडेमीमा गएका थिए।

लोरिसले २००२ बाट ४ सिजन निसको दोस्रो रोजाइको टोलीबाट २० खेल खेले । २००६ मा उनले निसको पहिलो रोजाइको टोलीमा स्थान बनाउन सफल भए । ती सिजन निसमा बिताएका लोरिसले क्लबबाट ७२ खेल खेले।

लोरिस २००८ मा अर्को लिग वान क्लब लियोनमा आबद्ध भए । उनले लियोनमा ४ सिजन बिताउँदै १ सय ४६ खेल खेले । उनी २०१२ मा इङ्लिस प्रिमियर लिग क्लब टोटेनह्याममा आबद्ध भएका थिए । उनले टोटेनह्यामबाट २ सय ६ खेल खेलिसकेका छन्।

२००८ फेब्रुअरी ६ मा स्पनेविरुद्धको मैत्रीपूर्ण खेलमा फ्रान्सेली टोलीमा समावेश गरिए पनि लोरिसले राष्ट्रिय टोलीबाट डेब्यु गर्न भने ९ महिना कुर्नुपरेको थियो । उनले सोही वर्ष नोभेम्बर १९ मा उरुग्वेविरुद्धको खेलसँगै फ्रान्सको टोलीबाट डेब्यु गरेका थिए।

 

यसमा तपाईको मत