इभान राकेटिच (क्रोएसिया)

फिचर खेलाडी
आइतबार, १७ असार २०७५, ०४ : २८ नागरिक

नाम : इभान राकेटिच (क्रोएसिया)
जन्म :१० मार्च, १९८८ (मोलेन, स्विट्जरल्यान्ड)
पोजिसन : मिडफिल्डर
क्लब : मोलेन रिबर्ग, एफसी बासेल, साल्के, सेभिया, बार्सिलोना

बार्सिलोनाका मिडफिल्डर इभान राकेटिचले युवा अन्तर्राष्ट्रिय फुटबल स्विट्जरल्यान्डबाट खेलेका थिए । मिडफिल्डको बीच भागमा उनी सक्रिय हुँदा टोलीले विपक्षी रक्षकलाई कायल पार्दै गोलका थुप्रै अवसर सिर्जना गर्ने गर्छ।

सिनियर अन्तर्राष्ट्रिय फुटबलका लागि क्रोएसिया रोजेका उनले रूसमा जारी विश्वकपको समूहचरणमा दुई गोल गरिसेकका छन् । क्रोएसियाले समूहचरणका तीनवटै खेल जित्दा राकेटिचको प्रदर्शन तारिफयोग्य छ । अर्जेन्टिनाविरुद्ध ३–० को जित हात पार्दा प्रतियोगितामा पहिलो व्यक्तिगत गोल गरेका रााकेटिचबाट आइतबार डेनमार्कविरुद्धको अन्तिम १६ खेलमा क्रोएसियाली समर्थकले त्यस्तै प्रदर्शन अपेक्षा गर्नेछन्।

१९९२ मा स्विट्जरल्यान्डको स्थानीय क्लब मोलेन रिबर्गको युथ एकेडेमीमा भर्ना भएका राकेटिच त्यसको तीन वर्षपछि एफसी बासेलको युथ एकेडेमीमा भएका थिए।

२००५ मा बासेलको पहिलो रोजाइको टोलीबाट अवसर पाएका राकेटिच २००७ मा जर्मन बुन्डेसलिगाको क्लब साल्केमा आबद्ध भए । २०११ मा स्पेनिस ला लिगाको टोली सेभियामा आबद्ध उनी २०१४ यता बार्सिलोनाबाट खेलिरहेका छन् । उनले बार्सिलोनाबाट १ सय ३५ खेलमा २१ गोल गरिसकेका छन्।

२००६ देखि स्विट्जरल्यान्डको यु–१७ टोली हुँदै युु २१ टोलीबाट समेत खेलेका राकेटिचले सोही वर्ष क्रोएसियाबाट खेल्नका लागि गरेको प्रस्ताव स्वीकार गरेका थिए । उनले २००७ सेम्टेम्बर ८ मा युरोपियन च्याम्पियनसिपअन्तर्गत इस्टोनियाविरुद्धको खेलसँगै क्रोएसियाबाट डेब्यु गरेका थिए । उनले क्रोएसियाबाट ९५ खेलमा १५ गोल गरिसकेका छन्।

यसमा तपाईको मत