जापान र काेलम्बियाकाे पहिलाे हाफ बराबरी

मङ्गलबार, ०५ असार २०७५, १९ : २७ नागरिक

रसिया - जापान र कोलम्बियाबीचको पहिलो हाफको खेल एक एकको बराबरीमा सकिएको छ।

खेलको छैठौं मिनेटमा कोलम्बियाका कार्लोस सान्चेजले डि बक्सभित्र बल हातले रोकेपछि जापानले पाएको पेनाल्टिलाई सदुपयोग गर्दै जापानका सिन्जी कागवाले गोल गरेका थिए। हातले बल रोकेपछि कोलम्बियाका सान्चेजले जारी विश्वकपमा  पहिलो रेड कार्ड प्राप्त गर्ने खेलाडी बनेका छन्। त्यसपछि निकै प्रतिष्पर्धात्मक बनेको खेलको ३९ औ मिनेट कोलम्बियाकालागी सुःखद बन्न पुग्यो। कोलम्बियाका जुवान क्विनटेरोले फ्रि किक मार्फत सुन्दर गोल गर्दै कोलम्बियालाई एक एकको बराबरीमा पु्र्याए। त्यसपछि दुवै टोलीले गोल गर्ने केहि अवसर प्राप्त गरेपनि दुवै टोलीका तर्फबाट गोल हुन नसक्दा पहिलो हाफको खेल एक एकको बराबरीमा सकिएको हो ।

यसमा तपाईको मत