हाभियर हर्नान्डेज (मेक्सिको)

फिचर खेलाडी
मङ्गलबार, २२ जेठ २०७५, १२ : ३७ नागरिक

नाम : हाभियर हर्नान्डेज
जन्म : जुन १, १९८८ (ग्वाडालाजारा)
क्लब : ग्वाडालाजारा, म्यानचेस्टर युनाइटेड, रियाल मड्रिड, बायर लेभरकुसन, वेस्ट ह्याम

२००६ मा जन्मथलोकै क्लब ग्लाडालाजाराबाट व्यावसायिक फुटबल करियर सुरु गरेका हर्नान्डेज २०१० मा म्यानचेस्टर युनाइनेड सरुवा भए।

म्यानचेस्टर युनाइटेडमा आबद्ध हुने उनी पहिलो मेक्सिकन खेलाडी थिए । तर युनाइटेडमा प्रशिक्षक डेविड मोयेज र लुइस भान हालको रोजाइमा पर्न नसकेपछि २०१४–१५ को सिजन लोनमा रियाल मड्रिडबाट खेलेका उनी २०१५ मा जर्मन बुन्डेसलिगाको टोली बायर लेभरकुसन सरुवा भए । २०१७ देखि उनी वेस्ट ह्यामको जर्सीमा फेरि इङ्लिस प्रिमियर लिग खेलिरहेका छन्।

ग्वाडालाजाराबाट ६४ खेलमा २६ गोल गरेका उनले युनाइटेडका लागि १ सय ३ खेलमा ३७, रियालका लागि २३ खेलमा ७, लेभरकुसनका लागि ५४ खेलमा २८ तथा वेस्ट ह्यामका लागि २८ खेलमा ८ गोल गरेका छन्।

मेक्सिकोको राष्ट्रिय टोलीका लागि २००९ मा कोलम्बियाविरुद्ध खेल्दै डेब्यु गरेयता उनले १ सय २ खेल खेलिसकेका छन् । यसबीचमा उनले गरेको ४९ गोल मेक्सिकोको इतिहासमै कुनै एक खेलाडीले गरेको सर्वाधिक अन्तर्राष्ट्रिय गोल हो।

कन्काकाफ गोल्डकप २०११ मा सर्वाधिक ७ गोल गरेका उनले मेक्सिकोका लागि २०१० र २०१४ को विश्वकप, २०१३ र २०१७ को अन्तरमहादेशीय कप, तथा २०१७ को कोपा अमेरिका सेन्टेनारियोमा मुख्य खेलाडीका रूपमा खेलेका थिए।

यसमा तपाईको मत