हाभियर मास्चेरानो (अर्जेन्टिना)

फिचर खेलाडी
शुक्रबार, १५ असार २०७५, ११ : ५९ नागरिक

नाम : हाभियर मास्चेरानो
जन्म : ८ जुन, १९८४
पोजिसन : मिडफिल्डर
क्लब : रिभर प्लेट (अर्जेन्टिना), कोरेन्थियन्स (ब्राजिल), वेस्ट ह्याम युनाइटेड (इङ्ल्यान्ड), लिभरपुल (इङ्ल्यान्ड), बार्सिलोना (स्पेन), हावे चाइना फर्चुन (चीन)

स्पेनिस महारथी बार्सिलोनामा सफलतापूर्वक ८ वर्ष बिताएका हाभियर मास्चेरानो अहिले चीनबाट व्यावसायिक फुटबल खेलिरहेका छन् । बार्सिलोनामा मिडफिल्डबाट रक्षपंक्तिमा गएका मास्चेरानो चीनमा पुनः मिडफिल्डमै फर्किएका छन्।

जर्ज साम्पोलीले उनलाई रूस भ्रमण टोलीमा समावेश गरेपछि मास्चेरानो लगातार चौथो विश्वकप खेल्दै छन् । अर्जेन्टिनाको विश्वकप पक्का गर्न पनि मास्चेरानोले छनोट प्रतियोगितामा महत्वपूर्ण भूमिका खेले।

यसअघि २००६ मा जर्मनी, २०१० मा दक्षिण अफ्रिका र २०१४ मा ब्राजिलमा सम्पन्न विश्वकपमा पनि उनी टोलीका लागि महत्वपूर्ण सदस्य थिए।

रूस भ्रमणमा उनी विश्वकप उपाधिको पर्खाइमा छन् । जसले उनलाई अर्जेन्टिनाको महान् खेलाडीका रूपमा स्थापित गर्नेछ । त्यसैले त मास्चेरानोले मंगलबार नाइजेरियाविरुद्धको ‘गर या मर’ को खेलमा ज्यान दिएर खेलेका थिए।

शनिबार अन्तिम १६ को खेलमा पनि अर्जेन्टिनाका मास्चेरानो फ्रान्सको उपाधि होडमा तगारो बन्न सक्छन्।

यसमा तपाईको मत