जेसी लिंगार्ड (इङल्यान्ड)

फिचर खेलाडी
शनिबार, ३० असार २०७५, १६ : १० नागरिक

नाम : जेसी लिंगार्ड
जन्म : १५ डिसेम्बर, १९९२
पोजिसन : मिडफिल्डर
क्लब : पेनकेथ युनाइटेड, म्यानचेस्टर युनाइटेड, लेस्टर सिटी, बर्मिङघम सिटी, ब्राइटन, डर्बी काउन्टी

म्यानचेस्टर युनाइटेडका मिडफिल्डर जेसी लिंगार्ड इङल्यान्डको राष्ट्रिय टोलीका पनि महत्वपूर्ण सदस्य हुन् । लिंगार्ड ८ वर्षको उमेरमा इङल्यान्डको स्थानिय क्लब पेनकेथ युनाइटेडको युथ एकेडेमीमा भर्ना भएका थिए।

पेनकेथ युनाइटेडको युथ एकेडेमीमा भर्ना भएको केही महिनापछि नै लिंगार्डले इङलिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडको युथ एकेडेमीमा भर्ना भए । युथ एकेडेमीमा ११ वर्ष बिताएपछि उनले २०११ मा युनाइटेडको सिनियर टोलीबाट खेल्ने अवसर पाए । उनले युनाइटेडबाट एक सिजन खेल्दै ८४ खेलमा १३ गोल गरेका थिए । २०१२ मा भने लिंगार्ड एक सिजनका लागि लेस्टर सिटीमा गएका थिए । लेस्टरबाट लिंगार्डले ५ खेल खेले पनि गोल भने गर्न सकेनन्।

२०१३–२०१४ सिजन उनले बर्मिङघम सिटीमा लोनमा बिताए । उनले बर्मिङघम सिटीबाट १३ खेल खेल्दै ६ गोल गरे । लिंगार्डले २०१४ मा ब्राइटनमा लोनमा गएर एक सिजन विताए । उनले ब्राइटनबाट १५ खेलमा ३ गोल गरे । त्यसपछि २०१५ मा एक सिजनका लागि डर्बी काउन्टी पनि गएका थिए । तर डर्बीबाट १४ खेलमा २ गोल गरेका उनी केही महिनापछि नै युनाइटेड फर्किएका थिए।

माइकल क्यारिक र जेमी भार्डेले चोटका कारण नाम फिर्ता लिएपछि लिंगार्ड २०१५ नोभेम्बर १६ मा फ्रान्सविरुद्ध मैत्रिपूर्ण खेलका लागि घोषित इङल्यान्ड टोलीमा स्थान बनाउन सफल भए पनि ‘डेब्यु’का लागि भने उनले करिव एक वर्ष कुर्न परेको थियो । लिंगार्डले २०१६ अक्टोबरमा माल्टाविरुद्ध सम्पन्न विश्वकप छनोट खेलसँगै इङल्यान्ड राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका थिए । लिंगार्डले इङल्यान्डबाट १७ खल खेल्दै २ गोल गरिसकेका छन्।

यसमा तपाईको मत