जोन स्टोन्स (इङ्ल्यान्ड)

फिचर खेलाडी
बुधबार, २७ असार २०७५, ०३ : १८ नागरिक

नाम : जोन स्टोन्स
जन्म : २८ मे, १९९४
पोजिसन : रक्षक
क्लब : बाम्स्ले, एभर्टन, म्यानचेस्टर सिटी

जोन स्टोन्स इङ्ल्यान्ड टिमका भरपर्दा रक्षक हुन् । सेन्टर ब्याकको भूमिकामा देखिने भए पनि उनी दायाँ भागबाट पनि खेल्ने क्षमता राख्छन्।

इङ्ल्यान्डले रूस विश्वकपमा २८ वर्पपछि स्थान पक्का गर्दा स्टोन्सले उत्कृष्ट प्रदर्शन गर्र्दै आएका छन् । उनले जारी प्रतियोगितामा दुई गोल गरिसकेका छन् । समूहचरणमा पानामाविरुद्ध ६–१ को जित हात पार्दा स्टोन्सले २ गोल गरेका थिए।

स्टोन्स ७ वर्षको उमेरमा इङ्ल्यान्डको तेस्रो श्रेणीको क्लब बाम्स्लेको युथ एकेडेमीमा भर्ना भएका थिए । बाम्स्लेको युथ एकेडेमीमा १० वर्ष बिताएका स्टोन्सले २०११ मा क्लबको सिनियर टोलीबाट खेल्ने अवसर पाए । उनले २०१२ मा च्याम्पियनसिपअन्तर्गत रिडिङविरुद्धको खेलसँगै बाम्स्लेको सिनियर टोलीबाट डेब्यु गरे । उनले दुई सिजनको क्लब बसाइमा २४ खेल खेले।

स्टोन्स २०१३ मा इङलिस प्रिमियर लिगको क्लब एभर्टनमा आबद्ध भए । एभर्टनमा ३ सिजन बिताएका स्टोन्सले क्लबबाट ७७ खेल खेल्दै १ गोल गरे । उनी २०१६ मा प्रिमियर लिगको अर्को क्लब म्यानचेस्टर सिटीमा आबद्ध भए । उनले सिटीबाट ४५ खेल खेलेका छन्।

स्टोन्सले २०१४ मे ३० मा वेम्बलीमा सम्पन्न पेरूविरुद्धको मैत्रीपूर्ण खेलसँगै इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । उनले इङ्ल्यान्डबाट ३१ खेलमा २ गोल गरिसकेका छन्।

यसमा तपाईको मत