जोर्डन पिकफर्ड (इङ्ल्यान्ड)

फिचर खेलाडी
शनिबार, २३ असार २०७५, ०२ : २२ नागरिक

जन्म : ७ मार्च १९९४, वासिङ्टन इङ्ल्यान्ड
पोजिसन : गोलकिपर
क्लब : सन्डरल्यान्ड, डार्लिङ्टन (लोन), अफ्रेटन टाउन (लोन), ब्रुटन अल्बिअन (लोन), कार्लिस्ली युनाइटेड (लोन), ब्राडफोर्ड सिटी (लोन), प्रेस्टन नर्थ इन्ड (लोन), एभर्टन

विश्वकपको नकआउट चरणमा सधैं पेनाल्टी सुटआउटमा अभागी रहँदै आएको इङ्ल्यान्डले जारी रूस विश्वकपमा कोलम्बियालाई पराजित गर्दै उक्त छवि मेटाउँदा गोलकिपर जोर्डन पिकफर्ड टोलीका नायक थिए।

८ वर्षको उमेरमा सन्डरल्यान्डको युथ एकेडेमीमा भर्ना भएका जोर्डन पिकफर्डले २०११ मा सन्डरल्यान्डको पहिलो रोजाइबाट खेल्ने अवसर पाएका थिए । क्लबबाट ३१ खेल खेलेकाले पिकफर्डले क्लब बसाइको अधिकांश समय लोनमा अन्य क्लबमा बिताए।

२०१२ मा डार्लिङटन गएका पिकफर्ड एक वर्षपछि नै अफ्रेटन टाउनमा लोनमा गएका थिए । उनले डार्लिङटनबाट १४ र अफ्रेटन टाउनबाट १२ खेल खेले । २०१४ मा कार्लिस्ली युनाइटेडमा गएका पिकफर्ड २०१५ मा ब्राडफोर्ड सिटी गएका थिए।

उनले कार्लिस्ली युनाइटेडबाट १८ र ब्राडफोर्ड सिटीबाट ३३ खेल खेले, २०१६ को सिजन प्रेस्टन नर्थ इन्डमा गएका पिकफर्ड २०१७ मा भने एभर्टनमा आबद्ध भएका थिए । उनले हालसम्म एभर्टनबाट ३८ खेल खेलेका छन्।

पिकफर्डले २०१४ नोभेम्बर १० मा जर्मनीविरुद्धको खेलसँगै इङ्ल्यान्ड राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । उनले हालसम्म इङ्ल्यान्डबाट ७ खेल खेलेका छन्।
 

यसमा तपाईको मत