कजानमा इरान र स्पेन भिड्दै

बुधबार, ०६ असार २०७५, २२ : ३० नागरिक

काठमाडौं - रसियाको कजान स्थित ४५ हजार ३ सय ७९ दर्शक क्षमता रहेको कजान एरेनाको मर्मत कार्य सन् २०१३ जुलाईमा सम्पन्न भएको थियो। कजान एरेनामा फिफा २०१८ का कुल ७ खेल खेलाइनेछ। जस अन्तर्गत गत शनिबार समुह सी अन्तर्गतको फ्रान्स र अष्ट्रेलियाबीचको पहिलो खेल खेलाइएको थियो। सो खेलमा फ्रान्स दुई एक गोल अन्तरले विजयी भएको थियो। त्यस्तै बुधबार राती पौने १२ बजे सोहि मैदानमा इरान र स्पेन एक आपसमा भिड्दै छन्।

त्यस्तै समुह चरण अन्तर्गत बाँकी रहेका पोल्याण्ड र कोलम्बियाबीचको खेल असार १० गते तथा जर्मनी र दक्षिण कोरियाबीचको खेल असार १३ गते सोहि मैदानमा खेलाइनेछ। शिर्ष १६ र क्वाटरफाइनलको एक एक खेल समेत सोहि मैदानमा खेलाईनेछ।

रसियाको १२ वटा रङ्गशालामा २०१८ को विश्वकप फुटबल खेल आयोजना गरिँदै छ।

यसमा तपाईको मत