लियाेनल मेसी (अर्जेन्टिना)

फिचर खेलाडी
शनिबार, ०२ असार २०७५, १० : ५४ नागरिक

नाम : २४ जुन १९८७
पाेजिसन : फरवार्ड
क्लब : बार्सिलाेना

पाँच पटकका विश्व वर्ष खेलाडी लियोनल मेसी रुसमा विश्वकपको उपाधि उचाल्दै अजेन्टिनाबाट अन्तर्राष्ट्रिय उपाधिको खडेरी तोड्न चाहन्छन्।

अघिल्ला संस्करणको फाइनलसम्म अर्जेन्टिनी टोलीलाई  डो-याएका मेसीकै प्रेरणामा उनको टोली २०१५ र २०१६ मा कोपा अमेरिकाको फाइनल पुगेको थियो। यिनै मेसीले रुसमा कस्तो प्रदर्शन गर्लान भन्ने अहिले सम्पूर्ण दर्शकको व्यग्र प्रतिक्षाको विषय हो। १९७८ र १९८६ मा दुई पटक च्याम्पियन बन्ने हो भने मेसीको जादु चल्नै पर्छ। छनोट चरणमा इक्वेडरविरुद्ध मेसीको जादू चलेपछि बल्लतल्ल विश्वकपको ढोका उघारेको अजेन्टिनाले आइसल्यान्डसँग खेल्दै समूह चरणको सुरुआत गर्दा पनि टोलीको भर मेसीमै केन्द्रित हुनेछ। अजेन्टिनी राष्ट्रिय टोलीका लागि १ सय २४ खेल खेलेका मेसीले ६४ गोल गरेका छन्। यद्यपि उनका गोल हालसम्म सिनियर राष्ट्रिय टोलीलाई कुनै महत्वपूर्ण अन्तर्राष्ट्रिय उपाधि जिताउन काम लागेका छैनन्।

पछिल्लो १२ वर्षयता अर्जेन्टिनी राष्ट्रिय टोलीबाट खेल्दै आएका मेसीले आफ्नै नेतृत्वमा अर्जेन्टिनालाई बेइजिङ ओलम्पिक २००८ मा फुटबलको स्वर्ण पदक जिताएका थिए। सन् २०१६ को कोपा अमेरिकाका फाइनलमा चिलीलाई नतिजा सुम्पिएपछि राष्ट्रिय टोलीबाट निरन्तरको असफलतापछि सन्यास लिएर पनि फेरि राष्ट्रिय टोलीमा फर्किएका ३० वर्षीय मेसीका लागि रुस विश्वकप अन्तिम अवसर मानिएको छ।

यसमा तपाईको मत