मार्कुस रसफोर्ड (इङ्ल्यान्ड)

फिचर खेलाडी
सोमबार, ०४ असार २०७५, ०१ : १५ नागरिक

जन्मः ३१ अक्टोबर १९९७

पोजिसनः फरवार्ड

क्लबः म्यान्चेष्टर युनाइटेड

मार्कुस रसफोर्डले ‘टिनएज’ पार गरेको धेरै समय भएको छैन । २०१५ बाट म्यानचेष्टर युनाइटेडबाट सिनियर करियर शुरु गरेका रसफोर्डले इङ्ल्यान्डको राष्ट्रिय टोलीमा पनि आफुलाई स्थापित गरिसकेका छन्। 

५ फिट ११ इन्च उचाइ भएका रसफोर्डले इङल्यान्डको विभिन्न उमेर समूहबाट खेल्दै राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । २७ मे २०१६ मा अस्ट्रेलियाविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यू गरेका रसफोर्डले पहिलो खेलमै गोल गर्न सफल भएका थिए । डेब्यू खेलमा गोल गर्ने उनी इङ्ल्यान्ड कान्छा  खेलाडी हुन् । उक्त खेलमा इङ्ल्यान्ड २–१ ले विजयी भएको थियो।

राष्ट्रिय टोलीबाट १९ खेल खेलिसकेका रसफोर्डले ३ गोल आफ्नो नाममा लेखाइ सकेका छन् । उनले युनाइटेडबाट पनि ७८ खेल १७ गोल गरेका छन् । रसफोर्डले युनाइटेडबाट एफए कप, कम्युनिटी सिल्ड, इएफएल कप र युरोपा लिगको उपाधि उचाली सकेका छन्।

लेचर मोस रेन्जरबाट युथ करियर सुरुआत गरेका रसफोर्ड म्यानचेष्ट युनाइटेडको युथ टोली हुँदै युनाइटेडकै सिनियर टोलीमा आबद्ध भएका हुन् । उनले २००३–२००५ सम्म फ्लेचर मोस रेन्जर र २००५ देखी २०१५ म्यान्चेष्टर युथ टोलीबाट फुटबल खेलेका थिए। 

समूह ‘सी’ मा रहेको सरफोर्डको टोली इङ्ल्यान्डले विश्वकप २०१८ को पहिलो सोमबार ट्युनिसिया विरुद्ध खेल्दै विश्वकप यात्रा सुरुआत गर्दैछ । उक्त समूहमा ट्युनिसिया, पानामा र बेल्जियम रहेका छन्। 

यसमा तपाईको मत