मारियो मान्जुकिच (क्रोएसिया)

फिचर खेलाडी
शनिबार, २३ असार २०७५, ०२ : २६ नागरिक

नाम : मारियो मान्जुकिच (क्रोएसिया)
जन्म : २१ मे, १९८६
पोजिसन : स्ट्राइकर
क्बल : टिएसएफ डिट्जेनगिन, मार्सोनिया, एनके जागारेभ, ड्यानामो जागारेभ, उल्फसबर्ग, बायर्न म्युनिख, एट्लेटिको मड्रिड, युभेन्ट्स

क्रोएसियाले जारी रूस विश्वकपमा क्वार्टरफाइनसम्मको यात्रा पक्का गर्दा स्ट्राइकर मारियो मान्जुकिच टोलीका प्रमुख सदस्य रहँदै आएका छन्।

१९९२ मा जर्मनीको टिएसएफ डिट्जेनगिनको युथ एकेडेमीमा भर्ना भएका मान्जुकिचले १९६६ देखि २००३ सम्म क्रोएसियाली क्लब मार्सोनियाको युथ एकेडेमीमा बिताए।

२००४ मा मार्सोनियाको सिनियर टोलीबाट डेब्यु गरेका मान्जुकिचले क्लबबाट एक सिजन खेल्दै २३ खेलमा १४ गोल गरे । मान्जुकिचले त्यसपछिका दुई सिजन एनके जागारेभबाट ५१ खेल खेल्दै १४ गोल गरेका थिए । उनी २००७ मा ड्यानामो जागारेभमा आबद्ध भए जहाँ उनले ३ सिजन बिताउँदै ८१ खेलमा ४२ गोल गरे।

२०१० मा जर्मन क्लब उल्फसबर्गमा आबद्ध भएका मान्जुकिचले क्लबबाट २ सिजन खेल्दै ५६ खेलमा २० गोल गरे। २०१२ मा बायर्न म्युनिखमा आबद्ध भएका उनी २०१४ मा भने स्पेनिस ला लिगा क्लब एट्लेटिको मड्रिड गए।

मान्जुकिचले बायर्नबाट ५४ खेलमा ३३ र एट्लेटिकोबाट २८ खेलमा १२ गोल गरे । मान्जुकिच २०१५ मा इटालियन सिरी ‘ए’ क्लब युभेन्ट्समा आबद्ध भएका थिए । उनले युभेन्ट्सबाट ९२ खेलमा २२ गोल गरिसकेका छन्।

मान्जुकिचले २००७ नोेभेम्बर ७ मा मासेडोनियाविरुद्धको खेलसँगै राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । क्रोएसियाबाट उनले ८६ खेलमा ३१ गोल गरिसकेका छन्।

यसमा तपाईको मत