मार्क भिडुका (अस्ट्रेलिया)

फिचर खेलाडी
आइतबार, २० जेठ २०७५, १६ : २३ नागरिक

अस्ट्रेलियाले विश्वकपमा अहिलेसम्मकै सबभन्दा ठूलो उपलब्धि २००६ मा हासिल गर्दा भिडुका टोलीका कप्तान थिए।

विपक्षीको गोल पोस्टमा अत्यन्तै प्रभावकारी गोलकर्ताको छवि बनाएका भिडुकाले चार फरक देशका लिग खेल्ने क्रममा गोल गर्ने क्षमता प्रमाणित गरेका थिए।

अस्ट्रेलिया र क्रोएसियाली लिगको सफलतापछि ग्लास्गो र सेल्टिकबाट मुख्य खेलाडीका रूपमा खेलेका भिडुकाले लिड्स युनाइटेडको पनि जर्सी लगाए । २००९ मा संन्यास लिनुअघि उनले मिडिल्सब्रो र न्युक्यासलबाट उच्चस्तरीय फुटबल खेले । १९९४ देखि २००७ सम्म अस्ट्रेलियाली टोलीको हिस्सा रहने क्रममा उनले ४३ खेल खेल्दै ११ अन्तर्राष्ट्रिय गोल गरेका थिए।

लोकप्रियतामा रग्बी र क्रिकेटपछि मात्र फुटबल रहेको अस्ट्रेलियामा भिडुकालाई सर्बकालीन महान् खेलाडीका रूपमा सम्मान दिइन्छ । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा उनको नेतृत्वमा हासिल गरेको अन्तिम १६ सम्म पुग्ने उपलब्धिमा सुधार गर्नु टोलीको अहिले रूस यात्राको पनि मुख्य लक्ष्य हो।

यसमा तपाईको मत