मिट्रोभिककाे उत्कृष्ट गाेलमा सर्बियाकाे अग्रता

शनिबार, ०९ असार २०७५, ०१ : ०६ नागरिक

काठमाडौं - विश्वकप फुटबल अन्तर्गत समुह ई को खेलमा पहिलो जितको खोजिमा रहेको स्विजरल्याण्ड सर्बियासँग  पहिलो हाफमा एक शुन्य गोलले पछि परेको छ। शुरुवातमै आक्रामक खेल खेलेको सर्बियालाई अग्रता दिलाउने क्रममा खेलको ५ औं मिनेटमा एलेक्जेण्डर मिट्रोभिकले हेड मार्फत गोल गरे।

रसिया स्थित कालिनिनग्राड रङ्गशालामा जारी खेलमा पहिलो हाफ सम्म सर्बियाको तुलनामा बढी समय  बल आफ्नो पक्षमा राखेपनि स्विजरल्याण्ड एक गोलले पछि परेको छ। सर्बियाले पहिलो हाफमा गोल पोष्टमा गरेका ३ प्रहार मध्ये एउटामा गोल गर्न सफल रह्यो भने पहिलो हाफको अन्त सम्ममा स्विजरल्याण्ड  केवल एउटा प्रहार मात्रै फ्रेममा पार्न सफल रह्रयाे।

आजको खेलमा सर्बियाले जित निकालेको खण्डमा यो समुहबाट सर्बिया शिर्ष १६ मा पुग्ने पहिलो टोली बन्नेछ भने स्विजरल्याण्डले जित निकालेमा शिर्ष स्थानमा जाने दुई टोलीको टुङ्गो समुह चरण अन्तर्गत हुने तेश्रो राउण्डको  खेलपछि मात्रै लाग्नेछ।

यसअघिका खेलमा सर्बियाले कोस्टारिकालाई पराजित गरेको थियो भने स्विजरल्याण्डले ब्राजिलसँग एक एकको बराबरी खेलेको थियो।

यसमा तपाईको मत