मोर्ड़ोभिया अरेना

आइतबार, २० जेठ २०७५, १८ : ०६ नागरिक

रुसको सारांस शहरमा अवस्थित रहेको यस मोर्ड़ोभिया अरेनालाई  स्टाडिअन् युभिलिनीका नामले पनि चिनिन्छ | सन् २०११ बाट निर्माण कार्य सुरु गरेर हालै विश्वकप खेलाउनका लागि समापन गरिएको यस स्टेडियममा मोर्डभिनका मानिसहरुको मौलिकता झल्काउने गरि रातो, सेतो र सुन्तला रंगको प्रयोग गरिएको छ | नजिकैको रेलवे स्टेसन मात्र दुई किलोमिटरको दूरीमा रहेको छ || यस स्टेडियममा ४५ हजार दर्शकले एकै पटकमा विश्वकपको खेल हेर्न पाउने छन् |  विश्वकप भरि यस मैदानमा चार खेल खेलाइने छन् | १३ जुनमा पेरु र डेनमार्क, १९ जुनमा कोलम्बिया र जापान, २५ जुनमा पोर्टुगल र इरान र २८ जुनमा पानामा र टुनिशिया बीचको खेल यस मैदानमा हुने निश्चित भएको छ |


 

 

यसमा तपाईको मत