ओलेग सालेन्को (रूस)

फिचर खेलाडी
बुधबार, २३ जेठ २०७५, ११ : ३२ नागरिक

धेरै खेलाडीले विश्वकपमा आफ्नो देशका लागि ५ गोेल गर्न सक्दैनन् । तर रसियाका फरवार्ड ओलेग सालेन्कोले अमेरिकामा सम्पन्न १९९४ को विश्वकपमा एउटै खेलमा त्यो सफलता हात पारे।

रसियाले उक्त विश्वकपमा खराब सुरुआत गरेको थियो । तर ओलेग सालेन्को त्यो नाम हो जुन क्यामरुनका गोलकिपर ज्याकुज सान्गोले कहिल्यै भुल्दैनन् । समूहचरणको सुरुका दुई खेलमा ब्राजिल र स्विडेनसँग पराजित भए पनि रूसले अन्तिम खेलमा क्यामरुनमाथि ६–१ को विजय हासिल गरेको थियो।

अफ्रिकी टोलीविरुद्ध सालेन्को एक्लैले ५ गोल गरे भने अर्को गोल दिमित्री रडचेन्कोको नाममा रह्यो । उक्त प्रतियोगितामा रूस पहिलो चरणबाटै घर फर्किए पनि सालेन्कोले बुल्गेरियाका हृस्टो स्टोइचकोभसँग संयुक्त रूपमा गोल्डेन बुट जितेका थिए।

साउदी अरेबियामा सम्पन्न १९८९ को यु–२० विश्वकपमा पनि सबैभन्दा धेरे गोल गर्दै रूसका फरवार्ड सालोन्केले गोल्डेन बुट जितेका थिए । अन्तर्राष्ट्रिय प्रतियोतिामा दुई पटक गोल्डेन बुट जित्ने सालेन्को एक्ला खेलाडी हुन् । यद्यपि उनले जुनियर र सिनियरमा यो अवार्ड जितेका हुन्।

सालेन्कोको जीवनमा थुप्रै उतारचढाव आए । धेरै चोटबाट गुज्रिएका सालेन्कोलाई खराब फिटनेसले सताइरह्यो । जेनिट लेनिनगार्ड (जेनिट सेन्ट पिटर्सबर्ग)बाट सालेन्कोले व्यावसायिक खेलजीवन सुरुआत गरेका थिए । सन् २००० सम्म खेलेका सालोन्केले डाइनामो किभ, लोग्रोनेस, कोर्डोबा, भालेनिका, रेन्जर्स र इस्तानबुल्सपोरबाट खेलेका थिए।

यसमा तपाईको मत