पाएका अवसरलार्इ सदुपयाेग गर्न चुक्दा पहिलाे हाफमा इङ्गल्याण्ड ट्युनिसीयासँग बराबरीमा

मङ्गलबार, ०५ असार २०७५, ०० : ५४ नागरिक

रसिया - विश्वकप फुलबलको समुह जि अन्तर्गत अहिले इङ्गल्याण्ड र ट्युनिसीयाबीच भइरहेको खेलको पहिलो हाफ सकिएको छ। खेल मध्य समय सम्म आईपुग्दा दुवै टोलीले एक एकको बराबरी खेलेका छन्। 

खेलमा पाएका कैयौं अवसरहरुलाई इङ्ल्याण्डले सदुपयोग गर्न नसक्दा पहिलो हाफमा इङ्ल्याण्डले बराबरीमा चित्त बुझाउन बाध्य भएको छ। खेलमा इङ्गल्याण्डले आफ्नो दबाब कायम राख्न सफल भएपनि फिनिसिङमा कमजोरी देखिएको छ। पहिलो हाफमा गोल गर्न गरेका १२ प्रयासमा केवल एउटा मात्रै प्रयासमा इङ्गल्याण्ड सफल भयो। 

खेलको ११ औ मिनेटमा इङ्गल्याण्डका हेरी केनले गोल गरेर आफ्नो टोलीलाई अग्रता दिलाएपनि खेलको ३३ औ मिनेटमा इङ्गल्याण्डका केल वाल्करले पेनाल्टि एरियामा फल गरेपछि ट्युनिसीयाले प्राप्त गरेको पेनाल्टिलाई फेरजानी सासीले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए। त्यसपछि इङ्गल्याण्डका तर्फबाट गोलका लागी भएका प्रयासहरु सफल हुन नसक्दा पहिलो हाफको खेल एक एकको बराबरीमा सकिएको हो। 

यसमा तपाईको मत