पहिलो हाफ : बलियो ब्राजिलको बराबरी

शुक्रबार, ०८ असार २०७५, १८ : ४५ नागरिक

काठमाडौं - विश्वकप फुटबल अर्को चरण प्रवेसकालागी जित आवश्यक रहेको कोस्टारिकाले ब्राजिलसँगको पहिलो हाफ गाेलरहित बराबरीमा टुङ्ग्याएको छ।

रसिया स्थित सेन्ट पिटर्सवर्ग रङ्गशालामा जारी खेलमा चर्चीत खेलाडीले भरिएको ब्राजिलले गोलकालागि थुप्रै अवसर पाएपनि अग्रता भने बनाउन सकेन।  पहिलो खेलमा स्विजरल्याण्डसँग एक एकको बराबरी खेलेको ब्राजिल समेत आजको खेलमा जित हात पार्दै अर्को चरण प्रवेसलाई सहज बनाउन चाहन्छ।

समूह ‘ई’ मा ३ अंक जोडेको सर्बिया पहिलो स्थानमा छ भने समान १ अंक जोडेका ब्राजिल र स्विट्जरल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। अंकविहीन कोस्टारिका अन्तिम स्थानमा छ।

कोस्टारिकाले सन् १९६० पछि भएका १० भेटमा ब्राजिललाई एक पटक मात्र पराजित गरेको छ । कोस्टारिकाले ४ वर्षअघि इङ्ल्यान्ड, उरुग्वे र इटाली रहेको समूहबाट सनसनीपूर्ण प्रदर्शनका साथ नकआउट चरण पुग्दै क्वार्टरफाइनलसम्मको यात्रा पक्का गरेका थियो।

यसमा तपाईको मत