पहिलो हाफमा क्रोयसियाको अग्रता , नाइजेरियाको आत्मघाती गोल उपहार

आइतबार, ०३ असार २०७५, ०२ : १० नागरिक

रसिया - रसिया स्थित कालिनीन्नग्राड रङ्शालामा जारी नाइजेरीया र क्रोयसिया बीचको पहिलो हाफको खेल सकिएको छ। पहिलो हाफको खेल सकिँदा सम्म खेलमा क्रोयसियाले अग्रता कायम गरेको छ। खेलको ३२ औ मिनेटमा नाइजेरीयाका ओगेनकारो इटेबोले आत्मघाती गोल गर्दा क्रोयसिया खेलमा अग्रता कायम गर्न सफल भयो। सुरुवातमा क्रोयसियामाथी हावी देखिएको नाइजेरीया पहिलो हाफको मध्यतर्फबाट भने केहि कमजोर प्रदर्शन गरेको देखिन्छ।
आजको खेलमा नाइजेरीयाको गोल पोष्ट सम्हालीरहेका फ्रान्सिस युजोहो यो विश्वकपकै सबैभन्दा कान्छा गाेलकिपर समेत हुन्।

यसमा तपाईको मत