पेपे (पोर्चुगल)

फिचर खेलाडी
शनिबार, १६ असार २०७५, ०८ : ०६ नागरिक

नाम : पेपे
जन्म : २६ फेब्रुअरी, १९८३ (मासेइयो, ब्राजिल)
पोजिसन : रक्षक
क्लब : कोरिन्थियन्स, मार्टिमो, एफसी पोर्टाे, रियाल मड्रिड, बेसिक्टास

बेसिक्टासका रक्षक पेपे पोर्चुगाली राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य हुन् । रुसमा जारी विश्वकपमा पोर्चुगलले अन्तिम १६ सम्मको यात्रा गर्दा ब्राजिलमा जन्मेका पेपेको प्रदर्शन तारिफ योग्य रहयो । दुई वर्षअघि पोर्चुगलले युरोपियन च्याम्पियनसिपको उपाधि जित्दा पनि पेपे टोलीका प्रमूख सदस्य थिए।

१९९५ मा ब्राजिलको कोरिन्थियन्स–एलको युथ एकेडेमीमा भर्ना भएका पेपे १८ वर्षको उमेरमा पोर्चुगलको मार्टिमो क्लबको दोस्रो टोलीमा छनोट भए । एक सिजन दोस्रो टोलीबाट खेलेका पेपे लगत्तै पहिलो रोजाइको टोलीमा स्थान बनाउन सफल भए।

२००४ मा र्पोटोमा आबद्ध भएका पेपेले त्यहाँबाट ६४ खेलमा ६ गोल गरे । २००४ मा स्पेनिस ला लिगाको क्लब रियाल मड्रिडमा आबद्ध भएपछि उनले १० सिजन मड्रिड बसाईमा २ सय २९ खेल खेल्दै १३ गोल गरेका थिए । २०१७ यता पेपे बेसिक्टासबाट खेलिरहेका छन्।

२००६ मा ब्राजिलका प्रशिक्षक डुंगाले उनलाई ब्राजिली टोलीबाट खेल्न प्रस्ताव गरेको पेपेका बुबाले खुलासा गरेका थिए । २००४ मा पोर्चुगलको नागरिकता पाएका पेपेले त्यही वर्ष २००८ को युरोपियन च्याम्पियनससिप छनोटका लागि राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका थिए।

तर क्लबबाट अभ्यास गर्ने क्रममा घाइते भएपछि पेपेको राष्ट्रिय टोलीबाट ‘डेब्यु’ पर धकेलिएको थियो । ४ महिनापछि फिनल्यान्डविरुद्धको युरो छनोट खेलमार्फत पोर्चुगलको राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका पेपेले ९८ खेलमा ५ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन्।

यसमा तपाईको मत