रूसलाई जित्नैपर्ने दबाब

नेपाली नजरमा
बिहिबार, ३१ जेठ २०७५, ११ : १३ नागरिक

रूसले अन्तर्राष्ट्रिय फुटबलमा जित्न नसकेको धेरै महिना भइसकेको छ । आयोजकका नाताले स्वतः छनोट भएको रूसले पछिल्लो दुई वर्ष प्रतिस्पर्धात्मक फुटबल खेल्न पाएको थिएन । त्यसैले मैत्रीपूर्ण खेलहरूबाट रूसले विश्वकपका लागि तयारी गरेको थियो । तर पछिल्लो सात महिनादेखि रूसले कुनै पनि खेल जित्न सकेको छैन । जसका कारण देशभित्रै पनि रूसी टिमको व्यापक आलोचना भइरहेको छ।

फुटबलमा घरेलु मैदानको ठूलो भूमिका हुन्छ । घरेलु मैदान भन्नाले घरेलु दर्शक, आफूअनुकूल मौसम पनि हो । विश्वकपको उद्घाटन खेलमा बिहीबार साउदी अरेबियासँग खेल्दा रूससँग ती सबथोकको साथ हुनेछ । रूसमा विश्वकपको माहोल मस्कोको रेडस्क्वायर, रंगशाला र मुख्य सहरमा बाहेक अन्यत्र खास देखिँदैन । रेडस्क्वायरबाट २० किलोमिटरको दूरीमा रहेको इजामेलोभमै विश्वकपका जर्सी, झन्डा र फुटबलको माहोल देखिन्न।

पछिल्लो समयको कमजोर फर्मका कारण सर्वत्र आलोचना भोगिरहेको रूसी टिम सफल नतिजाबाट त्यसको जबाफ दिन चाहन्छ । त्यसैले मस्कोबाट निक्कै टाढाको ठाउँ नोभोगोस्र्कमा पछिल्लो एक साता रूसी टिमले अभ्यास गर्याे । उनीहरू बढीभन्दा बढी फुटबलमा केन्द्रित हुन र पुनर्ताजगीका साथ मैदानमा प्रस्तुत हुनका लागि शान्त ठाउँमा पुगेका हुन् । नोभोगोस्र्कको विशेष तयारीबाट उनीहरू मैदानमा राम्रो प्रदर्शन गर्न चाहन्छन्, जसको रूसलाई सबभन्दा बढी आवश्यकता छ।

लामो समयदेखि एउटै खेल जित्न नसकेको रूसका लागि विश्वकपको पहिलो खेल निक्कै महत्वपूर्ण छ । हरेक प्रतियोगितामा पहिलो खेल सधैँ महत्वपूर्ण हुने गर्छ । उद्घाटन खेलमा चिप्लियो भने कुनै पनि टिमलाई पुनरागमन गर्न गाह्रो हुन्छ । अझ आयोजकका लागि पहिलो खेलको महत्व अझ विशेष हुन्छ।

यहाँको मौसम एकरूपको छैन । तापक्रम तलमाथि भइरहेको छ । कुनै बेला पारिलो घाम लाग्दा ३० डिग्रीको हाराहारीमा मौसम तातिन्छ । घाम नलाग्दा हातै ठिराउने जाडो भइरहेको छ । त्यसका कारण साउदीलाई यहाँ खेल्न सजिलो हुने छैन । रूसी खेलाडी भने यहाँको मौसम, यहाँको मैदान र समर्थकसँग अभ्यस्त भइसकेका छन् । जुन आयोजकका लागि फाइदाजनक पक्ष हो।

लामो समयदेखि एउटै खेल जित्न नसकेको रूसका लागि विश्वकपको पहिलो खेल निक्कै महत्वपूर्ण छ । हरेक प्रतियोगितामा पहिलो खेल सधैँ महत्वपूर्ण हुने गर्छ । उद्घाटन खेलमा चिप्लियो भने कुनै पनि टिमलाई पुनरागमन गर्न गाह्रो हुन्छ । अझ आयोजकका लागि पहिलो खेलको महत्व अझ विशेष हुन्छ।

घरेलु दर्शकका सामु जित्नै पर्ने दबाब रूसलाई पनि साउदीविरुद्ध हुन्छ । जसका कारण रूसले आक्रामक फुटबल खेल्छ । तर यो खेलमा अनुकूल नतिजा ल्याउन नसके पहिलो चरणबाटै बिदा हुनु पर्न सक्ने सत्य रूसले बुझेको छ । किनकि रूसका लागि समूह ‘ए’ का बाँकी खेल झन् गाह्रो छन् । त्यो समूहमा इजिप्ट र उरुग्वे झन् बलिया छन् । त्यो भएर पहिलो खेलमा रूस पूरा अलआउट भएर खेल्नुभन्दा पनि आक्रमणसँगै एलर्ट भएर पनि सन्तुलित रूपमा खेल्छ।

रूस र साउदी अरेबिया दुवै टिममा विश्वस्तरका कुनै सुपरस्टार नाम छैनन् । रूसका लागि मौसम, मैदान र समर्थकको फाइदा छ । तथापि खेलाडीको स्तर हेर्ने हो भने कागजी रूपमा उद्घाटन खेलमा रूस ‘फेभरेट’ र साउदी अरेबिया ‘अन्डरडग’ हो । तर यही ‘फेभरेट’ र ‘अन्डरडग’ को छवि रूसका लागि घातक हुन सक्छ । फुटबलमा कहिलेकाहीँ ‘फेभरेट’ को छविले उल्टो घाटा पुर्याउने गर्छ । किनकि अन्डरडगसँग हार्नुपर्ने केही नभएकाले उनीहरू खुलेर खेल्छन् । त्यो छुट फेभरेटलाई हुँदैन । त्यसैले रूसले जति सक्दो चाँडो गोल गर्न सक्नुपर्छ । पहिलो हाफमै गोल गर्न नसके दबाब आफैँतिर फर्किन सक्छ।

अधिकांश मध्यपूर्वकै लिगमा खेल्ने खेलाडीको टिम भएकाले साउदी अरेबियालाई रूसको मौसम र यो स्तरको प्रतिस्पर्धा ठूलो चुनौती हुनेछ।

साउदीको टिममा उमेर ढल्केका खेलाडीको बाहुल्य छ । औसत उमेर नै २९ वर्ष रहेको साउदी टिमका कतिपय मुख्य खेलाडी ३२÷३३ का छन् । अहिलेको आधुनिक फुटबलमा बुढा खेलाडीले धेरै चुनौती प्रस्तुत गर्न सक्दैनन् । त्यसमाथि मस्कोको मौसम चिसिए त मध्यपूर्वको प्रचण्ड गर्मीमा बानी लागेकाहरू अझै दबाबमा पर्नेछन्।

यसमा तपाईको मत