साडियो माने (सेनेगल)

फिचर खेलाडी
सोमबार, २८ जेठ २०७५, १४ : ०३ नागरिक

नामः साडियो माने

जन्मः १० अप्रिल, १९९२

पोजिसनः विंगर

क्लबः मेट्ज, रेडबुल साल्जबर्ग, साउथह्याम्पटन, लिभरपुल

इङ्लिस प्रिमियर लिगको लिभरपुललाई च्याम्पियन्स लिगसम्म डोर्याउन महत्वपूर्ण भुमिका खेलेका साडियो मानेले २०१२ को ओलम्पिकका लागि सेनेगलको राष्ट्रिय टोलीमा स्थान बनाएका थिए।

ओलम्पिकमा सेनेगलले समूह चरण पार गर्दा मानेले सबै खेल पहिलो रोजाईमा खेलेका थिए। पिडौंलाको चोटका कारण २०१५ को अफ्रिका कप अफ नेसन्स प्रतियोगिताको शुरुका खेल गुमाए पनि समूह चरणका अन्तिम २ खेल खेलेका थिए। तथापी उनको पुनरागमनले सेनेगललाई प्रतियोगितामा अघि बढाउन सकेन। टोली समूह चरणबाटै बाहिरियो। सेनेगलबाट ४९ खेल खेलिसेकका मानेले १४ गोल गरेका छन्।

सेधिओउमा जन्मिएका मानेले जेनेरेसन फुटबाट एकेडेमी करियर शुरु गरेका थिए। २०१२ जनवरीमा मेट्जबाट व्यवसायिक फुटबल शुरु गरेका माने अर्को सिजन नै अष्ट्रियाको रेडबुल साल्जबर्गसँग अनुबन्ध भएका थिए। अस्ट्रियामा दुई सिजन विताउँदा मानेले साल्जबर्गबाट ३१ गोल गरेका थिए। त्यसपछि माने युरोपकै ठुला मध्येको एक इङ्लिस प्रिमियर लिग खेल्न इङल्यान्ड गए।

मानेले १ करोड १८ लाख पाउन्ड स्टर्लिङमा साउथह्याम्टनसँग ४ वर्षको सम्झैता गरेका थिए। साउथह्याम्टनबाट २१ गोल गरेका माने दुई वर्षपछि ३ करोड ४० लाख पाउन्डमा लिभरपुलसँग ५ वर्षका लागि अनुबन्ध भए। लिभरपुलबाट पनि उनले ५६ खेलमा २३ गोल गरिसकेका छन्। लिभरपुलका महŒवपूर्ण सदस्य रहेका मानेले रुसमा पनि सेनेगलबाट विपक्षी रक्षकलाई सताउनेछन्।

यसमा तपाईको मत