साडियो माने (सेनेगल)

फिचर खेलाडी
आइतबार, १० असार २०७५, ०२ : २० नागरिक

नाम : साडियो माने
जन्म : १०,अप्रिल १९९२
पोजिसन : विंगर
क्लब : जेनेरेसन फुट, मेट्ज, आरबी साल्जबर्ग, साउथह्यामटन, लिभरपुल

लिभरपुलका विंगर साडियो माने सेनेगल राष्ट्रिय टोलीका समेत महत्वपूर्ण सदस्य हुन् । २००२ पछि विश्वकपमा फर्किएको सेनेगलले पहिलो खेलमा पोल्यान्डलाई २–१ ले पराजित गर्दै रूस यात्राको सुखद सुरुआत गर्दा मानेले टोलीको नेतृत्व गरेका थिए।

जेनेसेरसन फुटको युथ एकेडेमीबाट फुटबल यात्रा सुरु गरेका माने सन् २०११ मा फ्रान्सेली लिग टु क्लब मेट्जमा आबद्ध भएका भए । एक सिजन मेट्जमा बिताएका उनले २२ खेलमा २ गोल गरेका थिए।

२०१२ मा अस्ट्रियन क्लब आरबी साल्जबर्गमा आबद्ध भएका मानेले दुई वर्षे क्लब बसाइमा ६३ खेलमा ३१ गोल गरेका थिए । माने २०१४ मा इङ्लिस प्रिमियर लिग क्लब साउथह्याम्पटनमा गएका थिए । दुई सिजन साउथह्याम्पटनमा बिताएका उनले ६७ खेलमा २१ गोल गरेका थिए।

२०१६ मा प्रिमियर लिगको अर्को क्लब लिभरपुलमा आबद्ध भएका मानेले क्लबलका लागि ५६ खेलमा २३ गोल गरिसकेका छन् । मानेले गत सिजन लिभरपुललाई च्याम्पियन्स लिगको फाइनलसम्म डो¥याउन महत्वपूर्ण भूमिका खेलका थिए।

मानेले २०१२ को ओलम्पिक प्रतियोगिताबाट सेनेगल राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । उनले हालसम्म ४९ खेलमा १४ गोल गरेका छन्।

२००२ मा दक्षिण कोरिया र जापानले संयुक्त रूपमा आयोजना गरेको विश्वकपको क्वार्टरफाइनलसम्मको यात्रा तय गर्दै प्रतियोगिताको पहिलो सहभागिता सुखद पारेको सेनेगल १६ वर्षपछि प्रतियोगितामा फर्किएको हो । माने आफ्नो कप्तानीलाई प्रमाणित गर्दै विगतको सफलतालाई थप अघि बढाउन चाहन्छन्।

यसमा तपाईको मत