सामुइल उम्टिटी (फ्रान्स)

फिचर खेलाडी
बिहिबार, २८ असार २०७५, ०२ : ४९ नागरिक

नाम : सामुइल उम्टिटी
जन्म : १४ नोभेम्बर,१९९३
पोजिसन : रक्षक
क्लब : मेनिभाल, लियोन, बार्सिलोना

फ्रान्सले १२ वर्षपछि विश्वकपको फाइनलमा स्थान सुरक्षित गर्दा रक्षक सामुइल उम्टिटी टोलीका नायक रहे । उम्टिीटीको गोलमा फ्रान्सले पहिलो सेमिफाइनलमा मंगलबार बेल्जियमको चुनौती १–० ले पन्छाएको थियो।

६ वर्षको उमेरमा फ्रान्सको स्थानीय क्लब मेनिबलको युथ एकेडेमीमा भर्ना भएका उम्टिटीले क्लबमा २ वर्ष बिताए । २००१ मा भने उनी फ्रान्सेली लिग वान क्लब लियोनको युथ एकेडेमीमा भर्ना भए । युथ एकेडेमीमा भर्ना भएको ९ वर्षपछि उम्टिटीले लियोनको दोस्रो रोजाइको टोलीमा स्थान बनाए।

उनले क्लबबाट २१ खेल खेले । उनी २०१२ मा लियोनको पहिलो रोजाइको टोलीमा स्थान बनाउन सफल भए । लियोनमा ४ सिजन बिताएका उम्टिटीले क्लबबाट १ सय ३१ खेल खेल्दै ३ गोल गरे । उम्टिटी २०१६ मा स्पेनिस ला लिग क्लब बार्सिलोनामा आबद्ध भएका थिए । उनले बार्सिलोनाबाट ५० खेल खेल्दै २ गोल गरिसकेका छन्।

उम्टिटीले २०१६ जुलाई ३ मा घरेलु मैदानमा सम्पन्न युरोपियन च्याम्पियनसिपअन्तर्गत आइसल्यान्डविरुद्धको क्वार्टरफाइनल खेलसँगै फ्रान्सको राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए।

यसमा तपाईको मत