सिन्जी कागावा (जापान)

फिचर खेलाडी
सोमबार, १८ असार २०७५, ०० : ३४ नागरिक

नामः सिन्जी कागावा
जन्मः १७ मार्च, १९८९
पोजिसनः मिडफिल्डर
क्लबः मारिनो एफसी, कोबे एनके एफसी, सिरेजो ओसाका, म्यानचेस्टर युनाइटेड, बोरुसिया डर्टमन्ड

जापानलाई रूसमा जारी विश्वकपको अन्तिम १६ सम्मको यात्रा पक्का गराउँदा मिडफिल्डर सिन्जी कागावाको प्रदर्शन तारिफयोग्य छ । पहिलो खेलमा कोलम्बियालाई २–१ ले पराजित गर्दा कगावाले पेनाल्टीमा गोल गरेका थिए।

५ वर्षको उमेरमा मारिनो एफसीको युथ एकेडेमीमा भर्ना भएका कागावा त्यसको ५ वर्षपछि कोबे एनके एफसीको एकेडेमीमा पुगेका थिए। कागावा २००६ मा जे लिग क्लब सिरेजो ओसाकामा आबद्ध भएका थिए।

ओसाकाबाट ४ सिजनमा १ सय २५ खेल खेलेका कागावाले ५५ गोल गरे । उनी २०१० मा जर्मन बुन्डेसलिगा क्लब बोरुसिया डर्टमन्डमा गएका थिए। २ सिजन डर्टमन्डमा बिताएका कागावाले ४९ खेलमा २१ गोल गरे।

कागावा २०१२ मा इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा आबद्ध भए । युनाइटेडबाट ३८ खेल खेलेका कागावाले ६ गोल गरे । २०१४ मा पुनः डर्टमन्ड फर्किएका कागावाले ९७ खेलमा २० गोल गरिसकेका छन्।

२००८ मा जापानको राष्ट्रिय टोलीबाट डेब्यु गरेका कागावाले ९३ खेलमा ३१ गोल गरिसकेका छन्।

यसमा तपाईको मत