स्पेनको इतिहास कायम

शुक्रबार, १८ जेठ २०७५, १२ : ४४ नागरिक

स्पेन र अफ्रिकाको नजिकको दूरीमा केवल १२ किलोमिटरको मात्र भिन्नता छ । १९औं विश्वकपपछि दुवैको सफलताको खुसीयाली ब्लोमफोन्टेनदेखि बार्सिलोनासम्म थियो । दक्षिण अफ्रिकाको यो पहिलो विश्वकप आयोजना हो । स्पेनले पहिलोपल्ट विश्वकप जित्यो। विश्व फुटबलको महत्वपूर्ण सफलता हात पार्ने स्पेन आठौं राष्ट्र बन्यो । आन्द्रेज इनियस्टाले १ सय १६औं मिनेटमा गरेको गोलमा स्पेनले नेदरल्यान्ड्ससँगको फाइनल जितेको थियो।

स्पेनले सानदार विजय हात पार्दै सकर सिटीमा ३१ दिन फुटबल समापन गर्याे।  भिसेन्टे डेल बोस्कीको टोलीले ट्रफी उचाल्दा दक्षिण अफ्रिकाले आयोजना सम्पन्न गरेको खुसीयाली मनाइरह्यो । दुर्भाग्य के थियो भने समूह चरण पार नगर्ने दक्षिण अफ्रिका पहिलो टोली बन्यो । घरेलु समर्थकले बजाएको भुभुजेला बाजामै दक्षिण अफ्रिका जम्न सकेन ।

युरोपेली विजेता टोली स्पेन पहिलो खेलमै स्विट्जरल्यान्डसँग पराजित भयो । तर बाँकी खेल जितेर ट्रफी नै उचाल्यो । अन्तिम चार खेल स्पेनले सबै १–० को अन्तरमा जितेको थियो । स्पेन सबैभन्दा कम ८ गोल गरेर विजेता बन्यो । तर धेरैको नजर हावी हर्नान्डेज र इनियस्टाको जादुगरी पास तथा डेविड भियाको गोल गर्ने क्षमतामा पर्याे। दुई गोल मात्र खर्चेको स्पेनका गोलरक्षक इकर कासियासले फाइनलमा आर्येन रोबेनको दुई वान भर्सेज वान प्रहार रोक्दै आफू किन प्रतियोगिताको उत्कृष्ट गोलरक्षक भएको प्रमाणित गरे।

नेदरल्यान्ड्सका लागि दक्षिण अफ्रिकाको सम्झना मिश्रित खालको रह्यो । टोली तेस्रो पटक पनि फाइनलमा हार्याे। १९७४ र १९७८ मा जस्तै डच अन्तिम भिडन्तमा पछाडि पर्याे। बर्ट भान मार्विज्कको नेदरल्यान्ड्सले फाइनल पुग्नुअघिका सबै ६ खेल जितेको थियो । नेदरल्यान्ड्सको शैली पुरानोभन्दा बढी यथार्थवादी थियो । ४–२–३–१ को शैलीमा उनीहरूले आक्रामक भएर खेले । वेल्सी स्नाइडरले त्यसैमा ५ गोल गरेका थिए ।

व्यक्तिगत उपलब्धिहरू

जोचिम लोउको जर्मनीको अर्को सफलताको कथा थियो । काउन्टर एट्याकमा असाधारण खेल पस्केको जर्मनीले सेमिफाइनल पुग्नुअघि नकआउट चरणमा इङ्ल्यान्ड र अर्जेन्टिनामाथि ४/४ गोल वर्षाएको थियो । टोलीको अन्त युरो २००८ को फाइनलजस्तै भयो।

स्पेनले सेमिफाइनलमै जर्मनीको बाटो रोकिदियो । २००६ मा तेस्रो भएको जर्मनीले त्यही इतिहास दोहोर्यायो । टोलीले कुल १६ गोल गर्दा फरवार्ड थोमस मुलरले ५ गोल गर्दै सर्वाधिक गोलकर्ताका लागि गोल्डेन बुट र उत्कृष्ट युवा खेलाडीको पुरस्कार पाए । डेविड भिया, वेस्ली स्नाइडर र डिएगो फोर्लानले पनि ५ गोल नै गरेका थिए । तर सर्वाधिक तीन एसिस्टका कारण मुलरलाई गोल्डेन बुट प्रदान गरिएको हो।

अर्को ठूलो व्यक्तिगत सम्मान डिएगो फोर्लानले पाए । उरुग्वेको आश्चर्यजनक प्रदर्शनमा फोर्लान प्रतियोगिताको उत्कृष्ट खेलाडी भए । ओस्कार टाबारेजको उरुग्वे ४० वर्षपछि पहिलोपल्ट सेमिफाइनलमा पुग्दा विश्वकप बल जाबुलानीलाई फोर्लान र अर्का स्ट्राइकर लुइस स्वारेजले राम्रोसँग बुझे।

अफ्रिकाको निराशा

सर्बिया र अमेरिकामाथि विजय पाएको घानाको सफलता अफ्रिकाको ठूलो उपलब्धि थियो । तर कार्लोस अल्बर्टो परेइराको घरेलु टोलीले फ्रान्समाथि विजय हात पारे पनि पहिलो चरणबाटै बाहिरियो । दक्षिण अफ्रिका गोलभिन्नतामा मेक्सिकोभन्दा पछाडि रह्यो । सिफिवी शाबालालाले देब्रे खुट्टाले गरेको मेक्सिकोविरुद्धको उत्कृष्ट गोल दक्षिण अफ्रिकाले प्रतियोगितामा चित्त बुझाउने केही आधार थियो । ४ अंक बोकेको आइभरी कोस्ट समूह चरणबाटै बाहिरियो । अन्य अफ्रिकन टोलीलाई त्यो पनि रहेन । अल्जेरिया, क्यामरुन र नाइजेरिया समूहमा पुछारमा रहे।

२ गोलले पछाडि परेको अमेरिकाले स्लोभेनियालाई २–२ को बराबरीमा मात्र रोकेन, लन्डन डोनोभानले अन्तिम मिनेटमा गरेको गोलमा अल्जेरियालाई १–० ले पराजित गरी इङ्ल्यान्डलाई पछाडि पार्दै समूह विजेता भएर नकआउट चरणमा पुग्यो । स्लोभाकियाले इटालीमाथि ३–२ को विजय हात पार्नु प्रतियोगिताको अर्को नाटकीय खेल थियो।

युवा खेलाडीलाई उतारेको मेक्सिको पनि अन्तिम १६ पुग्दै धेरैको ध्यान तान्न सफल भयो । जापान र दक्षिण कोरिया पहिलोपल्ट विदेशी भूमिमा दोस्रो चरणमा पुगे । ग्रिस र स्लोभाकियाले पहिलो विश्वकपमा पहिलो विजय हात पारे । जर्मन सामुद्रिक जीव ‘पाउल अक्टोपस’ ले आफूले अनुमान गरेको भविष्यवाणी सबै मिलाएर मैदानबाहिर ठूलो प्रभाव देखायो । २००६ को विश्वकप फाइनल खेलेका इटाली र फ्रान्स पनि समूह चरणबाटै बाहिरिए । दुवैले एउटै विजय हात पार्न पनि सकेनन् । इङ्ल्यान्डले जर्मनीलाई ४–१ ले नतिजा सुम्पँदै विश्वकपमा ठूलो हार बेहोर्याे।

युरोपले पहिलोपल्ट अर्को महाद्वीपमा गएर जित्यो । अफ्रिकाले पनि रमाउनुपर्ने धेरै कारण थिए । सम्भवतः नेल्सन मण्डेलाभन्दा बढी कोही रमाएनन् होला । सकर सिटीमा फाइनलअघि मन्डेलाले दर्शकलाई हात हल्लाए । दक्षिण अफ्रिकालाई आधुनिकतातर्फ डो¥याउन निर्णायक भूमिका खेलेका मन्डेलाबारेमा फिफा अध्यक्ष सेप ब्लाटरले भने, ‘स्वतन्त्रताका इतिहाससँग सम्बन्धित एक अर्काे व्यक्तिका कारणले यो विश्वकपले अद्वितीय रह्यो ।’

इतिहासकाे पानाबाट

२०१० दक्षिण अफ्रिका (१९औं विश्वकप)

जुन ११ देखि जुलाई ११ सम्म

सहभागी टोली : ३२

फाइनल : २०१० जुलाई ११
खेल : ६४

कुल गोल : १४५ (प्रतिखेल २.३ को औसत)
दर्शक :  ३१,७८,८५६ (प्रतिखेल ४९६६९ को औसत)

विजेता : स्पेन
उपविजेता : नेदरल्यान्ड्स

तेस्रो : जर्मनी
चौथो : उरुग्वे

गोल्डेन बल : डिएगो फोर्लान (उरुग्वे)
गोल्डेन बुट : थोमस मुलर (जर्मनी)

उत्कृष्ट युवा खेलाडी : थोमस मुलर (जर्मनी)
उत्कृष्ट गोलकिपर :  इकर कासियास (स्पेन)

फिफा फेयर प्ले : स्पेन

यसमा तपाईको मत