स्पेनको संघर्षपूर्ण जितमा कोस्टा नायक

बिहिबार, ०७ असार २०७५, ०२ : १७ नागरिक

काठमाडाैं - स्पेनले विश्वकप फुटबलमा पहिलो जित दर्ता गरेको छ। समुह बी अन्तर्गत बुधबार राती भएको खेलमा स्पेनले इरानलाई एक शुन्य गोल अन्तरले पराजित गर्दै महत्वपुर्ण तिन अंक जोडेको हो। यो सँगै समुह चरणमा दुई खेल खेलेको स्पेनको ४ अंक पुगेको छ। स्पेनले समुह चरण अन्तर्गतको आफ्नो पहिलो खेलमा पोर्चुगल विरुद्ध तिन तिनको बराबरी खेलेको थियो।

बुधबार भएको खेलमा स्पेनलाई महत्वपुर्ण जित दिलाउने क्रममा खेलको ५४ औं मिनेटमा डियगो कोस्टाले गोल गरे। यो सँगै जारी विश्वकपमा कोस्टाले गरेको गोल संख्या ३ पुगेको छ। कोस्टाले यसअघि पोर्चुगल विरुद्ध २ गोल गरेका थिए।

खेल अवधिभर अधिकांश समय बल आफ्नो पक्षमा राखेपनि स्पेनलाई गोलकालागी इरानको बलियो रक्षापंक्ति चिर्न हम्मेहम्मेनै पर्यो। बुधबारको खेलसँगै स्पेन अंक तालिकाको शिर्ष स्थानमा उक्लेको छ। पराजित भएको इरान भने ३ अंक सहित अंक तालिकाको तेश्रो स्थानमा रहेको छ। इरानले आफ्नो पहिलो खेलमा मोरक्कोलाई पराजित गर्दै ३ अंक जोडेको थियो। समुह बी अन्तर्गत अब पोर्चुगल र इरान तथा स्पेन र मोरक्कोबीच खेल हुने छ ।

यसमा तपाईको मत