थियाबाउट कोर्टोइस (बेल्जियम)

फिचर खेलाडी
शुक्रबार, २२ असार २०७५, ०८ : ४३ नागरिक

नामः थियाबाउट कोर्टोइस (बेल्जियम)
जन्मः ११ मे, १९९२, ब्री
पोजिसनः गोलकिपर
क्लबः बिल्जेन भि भि,जिंक,चेल्सी, एट्लेटिको मड्रिड

बेल्जियम रूसमा जारी विश्वकपमा हालसम्म सर्वाधिक गोल गर्ने टोली हो। बेल्जियमले क्वार्टरफाइनलसम्मको यात्रा पक्का गर्दा १२ गोल गरेको छ र ४ गोल खाएको छ। बेल्जियम टोलीको पोस्ट सम्हालेका छन् एट्लेटिको मड्रिडका गोलकिपर थियाबाउट कोर्टोइसले। ४ वर्षको उमेरमा बेल्जियमको स्थानीय क्लब बिल्जेन भी भीको युथ एकेडेमीमा भर्ना भएका कोर्टोइस १९९९ मा बेल्जियमको पहिलो श्रेणीको क्लब जिंकको युथ एकेडेमीमा गएका थिए। कोर्टोइसले २००९ अप्रिल १४ मा जेन्टविरुद्धको खेलमा जिंकको पहिलो रोजाइको टोलीबाट डेब्यु गरेका थिए। उनले जिंकलाई २०१०–२०११ सिजनमा बेल्जियन प्रो लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। उनले क्लबबाट दुई सिजनमा ४१ खेल खेले।

२०११ मा इङ्लिस प्रिमियर लिग क्लब चेल्सीमा आबद्ध भएका कोर्टोइसले क्लबमा ३ सिजन बिताउँदै १०६ खेल खेले। उनी २०१४ मा स्पेनिस ला लिगा क्लब एट्लेटिको मड्रिडमा तीन सिजन लोनमा गएका थिए। उनले एट्लेटिकोबाट १ सय ११ खेल खेलेका थिए। कोर्टोइस २०१४ मा पुनः चेल्सी फर्किएका थिए।

कोर्टोइसले अक्टोबर २०११ मा फ्रान्सविरुद्धको मैत्रीपूर्ण खेलसँगै बेल्जियम टोलीबाट डेब्यु गरेका थिए। उनले हालसम्म बेल्जियम टोलीका लागि ८२ खेल खेलिसकेका छन्।

यसमा तपाईको मत