भिन्सेन्ट कोम्पनी (बेल्जियम)

फिचर खेलाडी
शनिबार, ३० असार २०७५, १६ : १३ नागरिक

नाम : भिन्सेन्ट कोम्पनी (बेल्जियम)
जन्म : १० अप्रिल, १९८६
पोजिसन : रक्षक
क्लब : एन्डरलेक, ह्यामबर्ग, म्यानचेस्टर सिटी

रुस विश्वकपअन्तर्गत पानामा र ट्युनिसियाविरुद्धका सूरुआती दुई खेलमा टोलीमा नअटाए पनि इङल्यान्डविरुद्ध समूह चरणको अन्तिम खेलमा वैकल्पिक खेलडीको रुपमा मैदान प्रवेश गरेका रक्षक भिन्सेन्ट कोम्पनीले नकआउट चरणका खेलहरुमा भने पहिलो रोजाईबाट खेल्दै आएका छन्।

कोम्पनी १४ वर्षको उमेरमा बेल्जिमयको एन्डरलेक क्लबको युथ एकेडेमीमा भर्ना भएका थिए । युथ एकेडेमीमा ३ वर्ष बिताएपछि कोम्पनीले २००३ मा क्लबको पहिलो रोजाईको टोलीबाट खेल्ने अवसर पाए।

तीन सिजन क्लबमा बिताएका कोम्पनीले क्लबबाट ७३ खेलमा ५ गोल गरे । उनी २००६ मा जर्मन क्लब ह्याम्बर्गमा आबद्ध भएका थिए । ह्यामबर्गमा २ सिजन बिताएका कोम्पनीले २९ खेलमा १ गोल गरे । कोम्पनी २००८ मा इङलिस प्रिमियर लिगको क्लब म्याचेस्टर सिटीमा आबद्ध भएका थिए । उनले सिटीबाट २ सय ४६ खेलम १७ गोल गरिसकेका छन्।

कोम्पनीले २००४ फेबु्रअरीमा फ्रान्सविरुद्धको मैत्रिपूर्ण खेलसँगै १७ वर्षको उमेरमा बेल्जियम राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका थिए । उनले बेल्जियमबाट ८१ खेलमा ४ गोल गरिसकेका छन्।
 

यसमा तपाईको मत