फिचर खेलाडी

डेले अली (इङ्ल्यान्ड) एम्पेरर् प्लेयर्स टु वाच

डेले अली (इङ्ल्यान्ड)

विश्वकप २०१८ को छनोट चरणका खेलमा १ गोल गर्दै १ गोल एसिस्ट गरेका डेले अली इङ्ल्यान्डका भरपर्दा मिडफिल्डर हुन्। राष्ट्रिय टोलीबाट २६ खेल खेल्दै २ गोल गरेका अलीले इङ्लिस क्लब टोटेनह्यामबाट व्यावसायिक फुटबल खेलेका थिए।

पाउलिन्हो (ब्राजिल) एम्पेरर् प्लेयर्स टु वाच

पाउलिन्हो (ब्राजिल)

बार्सिलोनाका मिडफिल्डर पाउलिन्हो ब्राजिली टोलीका समेत प्रमुख सदस्य हुन् ।

सिन्जी कागावा (जापान) एम्पेरर् प्लेयर्स टु वाच

सिन्जी कागावा (जापान)

जापानलाई रूसमा जारी विश्वकपको अन्तिम १६ सम्मको यात्रा पक्का गराउँदा मिडफिल्डर सिन्जी कागावाको प्रदर्शन तारिफयोग्य छ । पहिलो खेलमा कोलम्बियालाई २–१ ले पराजित गर्दा कगावाले पेनाल्टीमा गोल गरेका थिए।

इभान राकेटिच (क्रोएसिया) एम्पेरर् प्लेयर्स टु वाच

इभान राकेटिच (क्रोएसिया)

बार्सिलोनाका मिडफिल्डर इभान राकेटिचले युवा अन्तर्राष्ट्रिय फुटबल स्विट्जरल्यान्डबाट खेलेका थिए । मिडफिल्डको बीच भागमा उनी सक्रिय हुँदा टोलीले विपक्षी रक्षकलाई कायल पार्दै गोलका थुप्रै अवसर सिर्जना गर्ने गर्छ।

पेपे (पोर्चुगल) एम्पेरर् प्लेयर्स टु वाच

पेपे (पोर्चुगल)

बेसिक्टासका रक्षक पेपे पोर्चुगाली राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य हुन् । रुसमा जारी विश्वकपमा पोर्चुगलले अन्तिम १६ सम्मको यात्रा गर्दा ब्राजिलमा जन्मेका पेपेको प्रदर्शन तारिफ योग्य रहयो।

एडिन्सन काभानी (उरुग्वे) एम्पेरर् प्लेयर्स टु वाच

एडिन्सन काभानी (उरुग्वे)

पिएसजीका स्ट्राइकर इडिसन काभानी उरुग्वेका प्रभावशाली खेलाडी हुन् । जारी रुस विश्वकपमा उरुग्वेले समूह ‘ए’ को विजेताका रुपमा अन्तिम १६ मा स्थान पक्का गर्दा काभानीले उत्कृष्ट प्रदर्शन गरेका छन्।

हाभियर मास्चेरानो (अर्जेन्टिना) एम्पेरर् प्लेयर्स टु वाच

हाभियर मास्चेरानो (अर्जेन्टिना)

स्पेनिस महारथी बार्सिलोनामा सफलतापूर्वक ८ वर्ष बिताएका हाभियर मास्चेरानो अहिले चीनबाट व्यावसायिक फुटबल खेलिरहेका छन्।

एन‘गोलो कान्टे (फ्रान्स) एम्पेरर् प्लेयर्स टु वाच

एन‘गोलो कान्टे (फ्रान्स)

फ्रान्समा चार वर्षअघि ब्राजिलको भ्रमण गर्दा एन‘गोलो कान्टेको नामोनिशान थिएन । तर यसबीचमा उनले आफूलाई फ्रान्सको महत्वपूर्ण सदस्यका रूपमा स्थापित गरिसकेका छन्।

केइसुके होन्डा (जापान) एम्पेरर् प्लेयर्स टु वाच

केइसुके होन्डा (जापान)

मिडफिल्डका बीच र विंग्स दुवै भागका साथै फरवार्डको पोजिसनमा पनि उत्तिकै न्याय गर्न सक्ने ३२ वर्षे केइसुके होन्डा जापानी राष्ट्रिय टोलीका लागि रूस विश्वकपमा सबभन्दा प्रभावकारी खेलाडी साबित भइरहेका छन्।

मार्को रिउस (जर्मनी) एम्पेरर् प्लेयर्स टु वाच

मार्को रिउस (जर्मनी)

बोरुसिया डर्टमन्डका स्ट्राइकर मार्को रिउस जर्मन राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य हुन् । रूसमा जारी विश्वकपमा मेक्सिकोसँग पराजित भएको पहिलो खेलमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका रिउसले शनिबार स्विडेनविरुद्ध २–१ को जित हासिल गर्दा टोलीका लागि पहिलो गोल गरेका थिए।

लुका मोडरिच (क्राेएिसया) एम्पेरर् प्लेयर्स टु वाच

लुका मोडरिच (क्राेएिसया)

स्पेनिस ला लिगा क्लब रियाल मड्रिडका मिडफिल्डर लुका मोडरिचले हाल रूसमा जारी विश्वकपमा क्रोएसियाको कप्तानी सम्हालिरहेका छन् । पहिलो दुई खेलमा सहज जितका साथ क्रोएसियालाई अन्तिम १६ मा प्रवेश गराउँदै मोडरिचले आफ्नो कप्तानी प्रमाणित गरिसकेका छन।

डेविड सिल्भा (स्पेन) एम्पेरर् प्लेयर्स टु वाच

डेविड सिल्भा (स्पेन)

म्यानचेस्टर सिटीका मिडफिल्डर डेविड सिल्भा स्पेनका समेत महत्वपूर्ण खेलाडी हुन् । उनकै प्रेरणादायी प्रदर्शनमा सिटीले गत सिजन इङ्लिस प्रिमियर लिगको उपाधि जितेको थियो।

साडियो माने (सेनेगल) एम्पेरर् प्लेयर्स टु वाच

साडियो माने (सेनेगल)

लिभरपुलका विंगर साडियो माने सेनेगल राष्ट्रिय टोलीका समेत महत्वपूर्ण सदस्य हुन् । २००२ पछि विश्वकपमा फर्किएको सेनेगलले पहिलो खेलमा पोल्यान्डलाई २–१ ले पराजित गर्दै रूस यात्राको सुखद सुरुआत गर्दा मानेले टोलीको नेतृत्व गरेका थिए।

केभिन डी ब्रुयना (बेल्जियम) एम्पेरर् प्लेयर्स टु वाच

केभिन डी ब्रुयना (बेल्जियम)

म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुयना बेल्जियम राष्ट्रिय टोलीका महत्वपूर्ण खेलाडी हुन् । डी ब्रुयनाको प्रेरणदायी प्रदर्शनमा बेल्जियमले पानामालाई ३–० ले पराजित गर्दै रूस विश्वपमा सुखद सुरुआत गरेको थियो।

फिलिप कौटिन्हो (ब्राजिल) एम्पेरर् प्लेयर्स टु वाच

फिलिप कौटिन्हो (ब्राजिल)

बार्सिलोनाका मिडफिल्डर फिलिप कौटिन्हो पाँच पटकको विश्वकप विजेता ब्राजिली राष्ट्रिय टोलीका महत्वपूर्ण खेलाडी हुन् । उनकै सनसनीपूर्ण गोलमा ब्राजिल रूसमा जारी विश्वकपको आफ्नो पहिलो खेलमा स्विट्जरल्यान्डसँग पराजयबाट जोगिएको थियो।

पाउल पोग्बा (फ्रान्स) एम्पेरर् प्लेयर्स टु वाच

पाउल पोग्बा (फ्रान्स)

म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बा फ्रान्सका समेत महत्वपूर्ण खेलाडी हुन् । मैदानको मध्यभागमा प्रभावशाली प्रदर्शन गर्ने पोग्बा अवस्थाअनुसार विपक्षीको पोस्टमा हाबी बन्न सक्छन् भने आफ्नो पोस्टको रक्षामा पनि खटिन सक्छन्।

डिएगो कोस्टा (स्पेन) एम्पेरर् प्लेयर्स टु वाच

डिएगो कोस्टा (स्पेन)

एट्लेटिको मड्रिडका डिएगो कोस्टा स्पेनिस खेलाडीमध्ये आक्रामक स्वभावका स्ट्राइकर हुन्।

रोबर्ट लेवान्डोवस्की (पोल्यान्ड) एम्पेरर् प्लेयर्स टु वाच

रोबर्ट लेवान्डोवस्की (पोल्यान्ड)

बायर्न म्युनिखका रोबर्ट लेवान्डोवस्की वर्तमान विश्व फुटबलका सबभन्दा प्रतिभावान् स्ट्राइकरमध्ये एक हुन्। २०१४ देखि बायर्न म्युनिखबाट खेल्दै आएका उनको प्रेरणामा टोलीले लगातार जर्मन बुन्डेसलिगाको उपाधि जित्दै आएको छ।

मार्कुस रसफोर्ड (इङ्ल्यान्ड) एम्पेरर् प्लेयर्स टु वाच

मार्कुस रसफोर्ड (इङ्ल्यान्ड)

मार्कुस रसफोर्डले ‘टिनएज’ पार गरेको धेरै समय भएको छैन । २०१५ बाट म्यानचेष्टर युनाइटेडबाट सिनियर करियर शुरु गरेका रसफोर्डले इङ्ल्यान्डको राष्ट्रिय टोलीमा पनि आफुलाई स्थापित गरिसकेका छन्।

रोमेलु लुकाकु (बेल्जियम) एम्पेरर् प्लेयर्स टु वाच

रोमेलु लुकाकु (बेल्जियम)

बेल्जियमका रोमेलु लुकाकुले २०११ देखि २०१४ सम्म चेल्सीबाट खेल्दा लन्डन टोलीमा प्रभावशाली प्रदर्शन गर्न सकेका थिएनन् । लन्डन क्लबबाट एभर्टन गएपछि उनले लय समाते।

समूह A
टोली P D GD Pts
उरुग्वे  उरुग्वे 3 0 5 9
रूस  रूस 3 0 4 6
साउदी अरब  साउदी अरब 3 0 -5 3
इजिप्ट  इजिप्ट 3 0 -4 0
समूह B
टोली P D GD Pts
स्पेन  स्पेन 3 2 1 5
पोर्चुगल  पोर्चुगल 3 2 1 5
इरान  इरान 3 1 0 4
मरोक्को  मरोक्को 3 1 -2 1
समूह C
टोली P D GD Pts
फ्रान्स  फ्रान्स 3 1 2 7
डेनमार्क  डेनमार्क 3 2 1 5
पेरु  पेरु 3 0 0 3
अस्ट्रेलिया  अस्ट्रेलिया 3 1 -3 1
अंक तालिका     >>