नागरिक

नागरिक

जिनेदिन जिदान (फ्रान्स)

आइतबार, २० जेठ २०७५

विश्वकप सुरु भएको ६८ वर्षपछि पहिलो पटक फ्रान्सले विश्व च्याम्पियन बन्ने सौभाग्य प्राप्त गर्याे । घरेलु मैदानमा १९९८ को विश्वकप आयोजना गर्दा फ्रान्सले फाइनलमा ब्राजिललाई निराश पार्दै उपाधि जितेको थियो।

स्पेनको पक्षमा नवयुग

शनिबार, १९ जेठ २०७५

त्रिभुवन आर्मी क्लबबाट राष्ट्रिय लिगमा धेरै गोल गरेपछि नेपालको राष्ट्रिय टोलीमा पर्न सफल भएका नवयुगले त्यसपछि पछाडी फर्केर हेर्नु परेको छैन।

इडुर गुडजोन्सन (आइसल्यान्ड)

शनिबार, १९ जेठ २०७५

आइसल्यान्डका पूर्व अन्तर्राष्ट्रिय फरवार्ड इडुर गुडजोन्सनका पिता आर्नर गुडजोन्सन पनि राष्ट्रिय टोलीका खेलाडी थिए।

म्याराडोना र अर्जेन्टिनाको प्रभाव

शनिबार, १९ जेठ २०७५

विश्वकप दुई पटक आयोजना गर्ने मेक्सिको पहिलो राष्ट्र बन्यो । सन् १९७० मा उत्तर अमेरिकी राष्ट्रले पहिलो पटक फुटबलको यो मेला आयोजना गर्दा ब्राजिलले प्रतियोगिता जितेको थियो र पेले त्यसका स्टार थिए ।

ब्राजिललाई पूर्ण समर्थन

शनिबार, १९ जेठ २०७५

लुरे शरीरका रविन श्रेष्ठलाई फुटबल खेलाडी भनेर पत्याउन मुस्किल पर्छ । अझ जर्सी लगाएर मैदान छिर्दा त उनी खेल्न नभई फिल्म सुटिङ गर्न गएजस्ता देखिन्छन्।

बेकेनबाउरको जर्मनीलाई तेस्रो उपाधि

शनिबार, १९ जेठ २०७५

सन् १९९० मा पश्चिम जर्मनीले अर्जेन्टिनासँग फाइनलमा भोगेको हारको बदला लिँदै तेस्रो पटक फिफा विश्वकपको उपाधि उचाल्यो। रोममा सम्पन्न फाइनलमा जर्मनीले फाइनल १–० ले जितेको थियो । यो जित फ्रान्ज बेकेनबाउरका लागि सबैभन्दा विशेष थियो।

बाजियोले पेनाल्टी मिस गरेको फाइनल

शनिबार, १९ जेठ २०७५

अमेरिकाले फिफा विश्वकपको इतिहासमा कहिल्यै नभएको तामझामपूर्ण पारामा १५औं संस्करण आयोजना गर्याे। यो त्यही प्रतियोगिता थियो, जहाँ ब्राजिलले उपाधिका लागि १९७० देखिको लामो प्रतीक्षामा पूर्णविराम लगायो । इटालीविरुद्धको फाइनलमा ब्राजिलले पेनाल्टी सुटआउटमा बाजी मारेको थियो।

डाभर सुकर (क्रोएसिया)

शनिबार, १९ जेठ २०७५

डाभर सुकरले क्रोएसियाली राष्ट्रिय टोलीबाट स्ट्राइकरको भूमिकामा १० वर्ष फुटबल खेले । क्रोएसियाली फुटबलका सबभन्दा सफल स्ट्राइकर सुकरले राष्ट्रिय टोलीबाट ६९ खेल खेल्दै ४५ गोल गरेका छन्।

राकेशको समर्थन ब्राजिललाई

शनिबार, १९ जेठ २०७५

नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान राकेश श्रेष्ठ नेपाली राष्ट्रिय टिमको जर्सीमा ५० आधिकिारिक खेले खेल्ने पहिलो खेलाडी हुन्।

डिएगो म्याराडोना (अर्जेन्टिना)

शनिबार, १९ जेठ २०७५

ब्राजिलका पेलेसँगै संयुक्त रूपमा २०औं शताब्दीको सर्वोत्कृष्ट फुटबलर घोषित म्याराडोनालाई विश्व फुटबल इतिहासकै सबभन्दा प्रतिभावान् खेलाडीका रूपमा लिइन्छ।

फ्रान्सको प्रतीक्षा समाप्त

शनिबार, १९ जेठ २०७५

फिफा विश्वकपका जन्मदाता जुल्स रिमेटको घरमा फ्रान्सले अन्तत १९९८ मा उपाधि उचालेरै छोडयो । दशकअघि दुई पटक सेमिफाइनलमा पराजित भएर उपाधि सपना त्याग्न बाध्य फ्रान्सका लागि घरेलु मैदानमा जितेको यो उपाधिको महत्व विशेष थियो । किनकि पहिलो पटक फिफा विश्वकप यति बृहत् रूपमा सम्पन्न भएको थियो।

डेजान स्टानकोभिच (सर्बिया)

शनिबार, १९ जेठ २०७५

१९९८ अप्रिलमा दक्षिण कोरियाविरुद्ध युगोस्लाभियाबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका स्टानकोभिचले पहिलो खेलमै २ गोल गरेका थिए।

दक्षिण कोरियाको आश्चर्यजनक प्रदर्शन

शनिबार, १९ जेठ २०७५

दक्षिण कोरिया र जापानले संयुक्त आयोजना गरेको विश्वकप २००२ ले फुटबलको परिवर्तित विश्वलाई प्रतिबिम्बित गर्याे। एसियाली भूमिमा भएको पहिलो विश्वकपमा पुराना महारथीहरू चाँडै ढल्न थाले । लगातार आश्चर्यजनक नतिजाका कारण क्वार्टरफाइनलमा ५ फरक महादेशका टोली प्रतिस्पर्धाका लागि उत्रिए ।

हुँवा कायासो (कोस्टा रिका)

शुक्रबार, १८ जेठ २०७५

इटालीमा सम्पन्न १९९० को विश्वकपबाट मध्य अमेरिकी देश कोस्टा रिकाले विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा पाइला राखेको थियो।

उत्कृष्ट रक्षापंक्तिलाई सफलता

शुक्रबार, १८ जेठ २०७५

२००६ मा जर्मनीमा सम्पन्न  विश्वकपमा इटालीका खेलाडीको टिम भावना र मिहिनेत उपाधिका लागि हकदार बन्यो।

ब्राजिलमा प्राप्त सफलता दोहोर्‍याउने लक्ष्य

शुक्रबार, १८ जेठ २०७५

चार वर्षअघि ब्राजिलमा सम्पन्न विश्वकपको पछिल्लो संस्करणमा कोस्टा रिकाले आश्चर्यजनक रुपमा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो ।

स्पेनको इतिहास कायम

शुक्रबार, १८ जेठ २०७५

स्पेन र अफ्रिकाको नजिकको दूरीमा केवल १२ किलोमिटरको मात्र भिन्नता छ । १९औं विश्वकपपछि दुवैको सफलताको खुसीयाली ब्लोमफोन्टेनदेखि बार्सिलोनासम्म थियो।

राकेशको समर्थन ब्राजिललाई

शुक्रबार, १८ जेठ २०७५

नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान राकेश श्रेष्ठ नेपाली राष्ट्रिय टिमको जर्सीमा ५० आधिकिारिक खेले खेल्ने पहिलो खेलाडी हुन्।

नेइमार (ब्राजिल)

शुक्रबार, १८ जेठ २०७५

विश्वका सबैभन्दा महँगा फुटबल खेलाडी हुन्, नेइमार । हुने विरुवाको चिल्लो पात भनेजस्तै नेइमारले सानै उमेरमा आफ्नो प्रभाव छाडेका थिए ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।