नागरिक

नागरिक

दुई बलिया टोलीको प्रतिस्पर्धा

मङ्गलबार, २६ असार २०७५

बेल्जियमले विश्वकपको अन्तिम चारमा स्थान बनाएको तीन दशकभन्दा बढी भइसकेको छ।

नासिर चाड्ली (बेल्जियम)

मङ्गलबार, २६ असार २०७५

पाँच पटकको विश्वविजेता ब्राजिलाई २–१ ले पराजित गदै बेल्जियमले १९८६ पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्थान पक्का गर्दा मिडफिल्डर नासिर चाड्लीको प्रदर्शन तारिफयोग्य छ।

राफायल भरान (फ्रान्स)

मङ्गलबार, २६ असार २०७५

फ्रान्सले रूसमा जारी विश्वकपमा अन्तिम ४ सम्मको यात्रा तय गर्दा रक्षक राफायल भरान टोलीका प्रमुख सदस्य रहँदै आएका छन्।

रूसको आश्चर्यजनक प्रदर्शन

सोमबार, २५ असार २०७५

सोभियत संघ १९९० मा विघटन भएपछि रूसले फिफा विश्वकपमा ३ पटक मात्र सहभागिता जनाएको छ।

द्रिइस मार्टिन्स (बेल्जियम)

सोमबार, २५ असार २०७५

बेल्जियमले जारी रूस विश्वकपमा सेमिफाइनलसम्मको यात्रा पक्का गर्दा स्ट्राइकर द्रिइस मार्टिन्स टोलीका महत्वपूर्ण सदस्य रहँदै आएका छन्। मार्टिन्सले पानामाविरुद्ध गरेको गोल जारी प्रतियोगितामा बेल्जियमको पहिलो गोल थियो।

ह्युगो लोरिस (फ्रान्स)

आइतबार, २४ असार २०७५

रूसमा जारी विश्वकपमा फ्रान्स सेमिफाइनल प्रवेश गर्दा गोलकिपर ह्युगो लोरिसले टोलीको कप्तानी गरिरहेका छन्। जारी प्रतियोगितामा सेमिफाइनलसम्मको यात्रा गर्दा लोरिसले ४ गोल मात्र खाएका छन्।

इङ्ल्यान्डको तेज रोक्न कठिन

आइतबार, २४ असार २०७५

सबैको अपेक्षाअनुरूप स्विडेनले आफूलाई अन्डरडग मानेर रक्षात्मक खेल्यो । त्यसको फाइदा इङ्ल्यान्डको युवा टोली लिन सफल भयो । इङ्ल्यान्डको तेजलाई रोक्न स्विडेनका रक्षापंक्तिलाई कठिन भयो।

उरुग्वेलाई मनोवैज्ञानिक दबाब

शनिबार, २३ असार २०७५

विश्वकपजस्तो ठूलो प्रतियोगिताको क्वार्टरफाइनलमा जुन टोलीले दबाब चिरेर खेल्न सक्छ, जित उसैको हुन्छ । शुक्रबारको खेलमा उरुग्वेले फ्रान्सविरुद्ध खेल्दा दबाबमुक्त भएर खेलेको देखिएन । सायद स्टार खेलाडी इडिसन काभानी टोलीमा नहुँदा उरुग्वेलाई मनोवैज्ञानिक दबाब परेको हुन सक्छ।

मारियो मान्जुकिच (क्रोएसिया)

शनिबार, २३ असार २०७५

क्रोएसियाले जारी रूस विश्वकपमा क्वार्टरफाइनसम्मको यात्रा पक्का गर्दा स्ट्राइकर मारियो मान्जुकिच टोलीका प्रमुख सदस्य रहँदै आएका छन्।

जोर्डन पिकफर्ड (इङ्ल्यान्ड)

शनिबार, २३ असार २०७५

विश्वकपको नकआउट चरणमा सधैं पेनाल्टी सुटआउटमा अभागी रहँदै आएको इङ्ल्यान्डले जारी रूस विश्वकपमा कोलम्बियालाई पराजित गर्दै उक्त छवि मेटाउँदा गोलकिपर जोर्डन पिकफर्ड टोलीका नायक थिए।

थियाबाउट कोर्टोइस (बेल्जियम)

शुक्रबार, २२ असार २०७५

बेल्जियम रूसमा जारी विश्वकपमा हालसम्म सर्वाधिक गोल गर्ने टोली हो। बेल्जियमले क्वार्टरफाइनलसम्मको यात्रा पक्का गर्दा १२ गोल गरेको छ र ४ गोल खाएको छ। बेल्जियम टोलीको पोस्ट सम्हालेका छन् एट्लेटिको मड्रिडका गोलकिपर थियाबाउट कोर्टोइसले।

थियागो डा सिल्भा (ब्राजिल)

शुक्रबार, २२ असार २०७५

रूसमा जारी विश्वकपमा ब्राजिलले क्वार्टरफाइनलसम्मको यात्रा पक्का गर्दा मात्र एक गोल खाँदै अफ्नो रक्षापंक्ति बलियो भएको प्रस्ट पारिसकेको छ। छैटौं विश्वकप उपाधिको लक्ष्यमा रहेको ब्राजिली टोलीको बलियो रक्षापंक्तिको नेतृत्व गरेका छन् थियागो सिल्भाले। सिल्भाले समूहचरणअन्तर्गत सर्बियाविरुद्ध टोलीका लागि दोस्रो गोल गरेका थिए।

फाइनलझैँ ब्राजिल र बेल्जियमबीचको भिडन्त

शुक्रबार, २२ असार २०७५

विश्वकप फुटबलमा युरोपेली राष्ट्र र दक्षिण अमेरिकी टोलीबीचको भिडन्त सधैं रोमाञ्चक हुन्छ। रूसमा विश्वकपको पहिलो क्वार्टरफाइलनमा फ्रान्सले उरुग्वेविरुद्ध प्रतिस्पर्धा गर्दै छ। जुन खेल आकर्षक हुने अनुमान लगाउन सकिन्छ।

एसियाको स्तर वृद्धि

बिहिबार, २१ असार २०७५

इङ्ल्यान्डलाई आधुनिक फुटबलको जन्मदाता मानिन्छ । विश्व फुटबलमा अझै पनि बेलायतीहरूको दबदबा कायमै छ। फुटबलको नियम ‘लज अफ दी गेम’ पनि बेलायतीहरूले नचाहेसम्म परिवर्तन हुँदैन।

डिएगो गोडिन (उरुग्वे)

बिहिबार, २१ असार २०७५

एट्लेटिको मड्रिडका रक्षक डिएगो गोडिन उरुग्वेका पनि प्रमुख खेलाडी हुन्। गोडिनको नेतृत्वमा रहेको उरुग्वेले जारी रूस विश्वकपमा क्वार्टरफाइनलसम्मको यात्रा तय गर्दा मात्र १ गोल खाएको छ।

गोलकिपरले बचाए स्विडेनलाई

बुधबार, २० असार २०७५

युरोपका स्विडेन र स्विट्जरल्यान्ड दुवै समान हैसियतका टोली हुन्। दुवै टोली लामो समयपछि विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाउन चाहन्थे। दुवैले त्यहीअनुरूपको रणनीति अपनाएका थिए।

बेन्जामिन पाभार्ड (फ्रान्स)

बुधबार, २० असार २०७५

बेन्जामिन पाभार्ड फ्रान्सेली टोलीका लागि नयाँ अनुहार हुन्। २०१७ को नेभेम्बरमा फ्रान्सले वेल्ससँग मैत्रीपूर्ण खेल खेल्दा प्रशिक्षक डिडियर डेसच्याम्पसले पाभार्डलाई राष्ट्रिय टोलीमा समावेश गरेका थिए।

ब्राजिलको स्वाभाविक लय

मङ्गलबार, १९ असार २०७५

पाँच पटकको विश्वकप विजेता ब्राजिलले आफ्नो स्वाभाविक प्रदर्शनलाई निरन्तरता दिँदा सोमबार नतिजा आफ्नो पक्षमा पार्न सफल भयो। चोटबाट गुज्रिएका रक्षक मार्सेलोलाई प्रशिक्षक टेटेले आराम दिए पनि दक्षिण अमेरिकी टोलीले आफ्नो लय गुमाएन।

ग्रानिट जाका (स्विट्जरल्यान्ड)

मङ्गलबार, १९ असार २०७५

स्विट्जरल्यान्डबाट ६५ खेल खेलेका ग्रानिट जाकाले राष्ट्रिय टोलीका लागि १० गोल गरेका छन्। उमेर समूहका सिँढी चढ्दै राष्ट्रिय टोलीमा अटाएका २५ वर्षे जाका युरो २०१२ को छनोट खेलमा इङ्ल्यान्डविरुद्ध डेब्यु गरेका थिए।

डेले अली (इङ्ल्यान्ड)

मङ्गलबार, १९ असार २०७५

विश्वकप २०१८ को छनोट चरणका खेलमा १ गोल गर्दै १ गोल एसिस्ट गरेका डेले अली इङ्ल्यान्डका भरपर्दा मिडफिल्डर हुन्। राष्ट्रिय टोलीबाट २६ खेल खेल्दै २ गोल गरेका अलीले इङ्लिस क्लब टोटेनह्यामबाट व्यावसायिक फुटबल खेलेका थिए।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।